• सोमबार ८-२४-२०७५/Monday 12-10-2018

प्रधानन्यायाधीशमा दीपकराज जोशी सिफारिस

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले कायम मुकायम रहेका दीपकराज जोशीलाई प्रधानन्यायाधीश नियुक्तका लागि सिफारीस गरेको छ।

 

कानुन मन्त्री शेरबहादुर तामाङले परिषद्को बैठकले जोशीको नाम सिफारीस गरेको बताए। उनले अब गठन हुने संसदिय समितीले अनुमोदन गरेमा जोशी प्रधानन्यायाधीश नियुक्त हुने बताए।


‘परिषद्बाट जोशी जीको नाम सिफारीस भएको छ, संसदिय समितीले अनुमोदन गरेपछि नियुक्ती प्रक्रिया सुरु हुनेछ,’ मन्त्री तामाङले भने। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तका बिषयमा भने अर्को बैठकमा छलफल हुने बताए।


न्याय परिषद्ले सिफारीस गरेका सर्वोच्चका वरिष्ठतम तीन न्यायाधीशमध्येका वरिष्ठ जोशी प्रधानन्यायाधीश सिफारीस भएका हुन्।


प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा पछि गत चैत ५ मा जोशीले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेबारी सम्हालेका थिए।
जोशी सर्वोच्चको न्यायाधीशमा २०७२ फागुन १८ मा नियुक्त भएका हुन्।

प्रतिकृया दिनुहोस

कांग्रेसभित्र गुटबन्दी, पौडेल पक्षको छुट्टै भेला

काठमाडौँ – पार्टीको सबैभन्दा माथिल्लो निकायका रुपमा रहेको महासमिति बैठक नजिकिएसँगै विधानको विषयलाई लिएर नेपाली कांग्रेसभित्र गुटगत भेला तीव्र

नक्सा बिर्सिदा दुबई–काठमाडौँ उडान चार घन्टा ढिलो

काठमाडौँ – नेपाल वायु सेवा निगमको आइतबार बिहानको दुबई–काठमाडौँ उडान चार घन्टा ढिलो हुँदा राष्ट्रिय ध्वजावाहकप्रति आत्मीयता राख्ने यात्रुकै

देउवा इतर नेताहरुको ग्राण्ड मिटिङ : आगामी रणनीतिबारे छलफल

काठमाडौं, मंसिर  । "नेपाली कांग्रेसमा कुनै समय देउवाका लागि  समर्थन जुटाउन जमघट गर्ने गरिएको चाक्सीबारी अहिले  देउवा इतरका नेताहरुको भेला