• बिहीबार ४-३१-२०७५/Thursday 08-16-2018

सरकारविरुद्ध सत्तारुढ दलकै विद्यार्थी सडक संघर्षमा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विद्यार्थी संगठन सरकारविरुद्ध सडक आन्दोलनमा  उत्रिएका छन् ।
पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन दवाव दिँदै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आवद्ध अनेरास्ववियू र अखिल क्रान्तिकारीले मंगलबारबाट सडक आन्दोलन सुरु गरेका हुन्। संयुक्त विद्यार्थी संगठनको आह्वानमा शान्ति वाटिकामा आयोजित कोणसभामा बोल्दै अनेरास्ववियूकी अध्यक्ष नविना लामाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा सडक आन्दोलन सुरु गर्नु परेको बताइन्।
उनले जनजीविका, मुलुकको शैक्षिक मुद्दालाई आफूहरुले सदा उठान गरिरहने प्रतिवद्धता पनि व्यक्त गरिन्। अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले सरकारले अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको बेला भने समायोजन गर्ने नगरेको भन्दै आक्रोश व्यक्त गरे। उनले मुलुकभित्रै रहेको पेट्रोलियम पदार्थको उत्खनन् किन नगरेको भनि सरकारलाई प्रश्न पनि गरे।
यसैबीच, सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिको विरोधमा देशभर विरोध प्रर्दशन गर्दै आएको नेविसंघले आज प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ।
राजधानीको गोंगबुमा भेला भएका नेविसंघका कार्यकर्ताहरुले प्रधानमन्त्री विरुद्ध चर्का नारवाजी गर्दै पुत्ला दहन गरेका हुन्। त्यसक्रममा नेविसंघका विद्यार्थी र प्रहरीबीच केहीबेर पुत्ला र झण्डा खोसाखोस भएको थियो।

प्रतिकृया दिनुहोस

सिंहदरबार प्रवेशमा थप कडाइ गर्दै सरकार

काठमाडौं – देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार प्रवेशमा थप कडाइ गरिने समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ । सिंहदरबारभित्र सामान्य काम

लुम्बिनी कोषमा विवदित व्यक्ति

काठमाडौं – सरकारले अनियमिततामा मुछिएका र अख्तियारको कारबाही सिफारिसमा गरिएका सहसचिव विष्णुप्रसाद ढकाललाई लुम्बिनी विकास कोषको सदस्य-सचिव

४ डिआइजी र २७ एसएसपीको सरुवा

काठमाडौं । गृह मन्त्रालयले ४ डिआइजी र २७ जना एसएसपीको सरुवा गरेको छ।  सरुवा अनुसार काठमाडौं परिसरमा बसन्त लामालाई  पठाइएको छ।   काठमाडौं