• सोमबार ७-५-२०७५/Monday 10-22-2018

ट्रम्प र किमबीच चार बुँदे सहमति, सम्झौता पत्रमा हस्ताक्षर

सिंगापुर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच सिंगापुरमा भएको ऐतिहासिक शिखर वार्तामा चार बँदे सम्झौता भएको छ । दुई नेताले चार बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । 
ट्रम्प र किमबिच सिंगापुरको सेन्तोसा आइल्याण्डमा भएको ऐतिहासिक वार्तामा  परमाणु निशस्त्रिकरण गर्ने लगायतका विषयमा सहमति भएको हो। । 
कोरियाली प्रायद्विपमा शान्ती स्थापनाका लागि सहमति जुटेको रुपमा हेरिएको छ । 
सहमतिका चार बुँदा 
१. अमेरिका र दक्षिण कोरिया नयाँ कूटनीतिक सम्बन्ध स्थापनाका लागि प्रतिबद्धता व्यक्त गर्दछौँ । दुई देशका नागरिकको चाहना अनुसार अमेरिका–उत्तर कोरिया सम्बन्ध स्थापना हुने छ र शान्ती तथा समृद्धिका लागि काम हुनेछ ।

२. कोरियाली प्रायद्विपमा स्थायी शान्ती स्थापनाका लागि अमेरिका र उत्तर कोरियाले संयुक्त प्रयास गर्ने छन् ।

३. गएको अप्रिल २७ मा पानमुजोममा भएको घोषणा अनुसार कोरियाली प्रायद्विपलाई परमाणु हतियार निशस्त्रिकरण गरिने छ ।

४. अमेरिका र उत्तर कोरिया एओडब्लु एमआइए लाई निरन्तरता दिइने छ र सुधार पनि गरिनेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनसँग आफ्नो ‘स्पेसल बोण्ड’ विकास भएको बताएका छन् । सिंगापुरमा भएको वार्तापछि सम्झौतामा हस्ताक्षर गरेपछि बोल्दै ट्रम्पले किमसँग राम्रो सम्बन्ध बिस्तार भएको बताए ।

वार्तापछि गरिएको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति ट्रम्पले भने, ‘आज जे घटना भएको छ, त्यसलाई लिएर हामी निकै उत्साहित छौँ। उत्तर कोरिया र समग्र कोरियाली प्रायद्विपबीचमा रहेको हाम्रो सम्बन्ध यसअघिको भन्दा फरक अवस्थामा जानेमा हामी ढुक्क छौँ।’ 

उनले निकट भविष्यमै विश्वले ठूलो परिवर्तन देख्ने उद्घोष गरे। राष्ट्रपति ट्रम्पले यस अवस्थासम्म आइपुग्दा सहयोग गर्ने सबै राष्ट्र तथा पक्षलाई धन्यवादसमेत दिएका छन्। ‘निकै सोहार्दपूर्ण ढगंबाट वार्ता सम्पन्न भएको छ। यसका लागि वातावरण बनाउने चीनसहित सबै पक्षलाई हार्दिक अभार।’, राष्ट्रपति ट्रम्पले भने।

उनले आजको भेटवार्ता र यसका निर्णयलाई लिएर दुवै देशका जनता र समग्र विश्व नै उत्साहित हुने धारणा राखे। सो क्रममा दुवै नेताले निर्णय पुस्तिकामा हस्ताक्षरसमेत गरेका थिए। हस्ताक्षर गर्नुअघि ट्रम्पले सो पुस्तिका निकै महत्वपूर्ण र व्यापक प्रभावकारी रहेको बताएका थिए।

प्रतिकृया दिनुहोस

कार्यकर्ता भन्छन : "दशै होस् त प्रधानमन्त्री ओलीको जस्तो"

काठमाडौं, कात्तिक । यस पटकको बडादशैं प्रधानमन्त्री केपी शर्मा ओलीले निकै उत्साहा र  भब्यका मनाइरहेका  छन ।उनले  बडादशैंका लागि नबमीदेखि

आज टीकाको शुभसाइत ०९ : ५१ मा

काठमाडौं, कात्तिक । आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ। दशैँघरमा प्रतिपदाको दिनदेखि

के रहेछ पशुबलि र मान्छे पोलेको गन्ध किन सुँघ्ने रहेछन् पशुपतिनाथ ?

काठमाडौं, कात्तिक । बडादशैँ भन्ने वित्तिकै पशुबलिको प्रश्न सबैभन्दा पहिले उठ्छ । अहिंसावादीहरु विभिन्न शक्तिपीठहरुमा पशुबलि दिने प्रचलनको विरोध