• शनिबार ३-९-२०७५/Saturday 06-23-2018

निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धामा बैंक

निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धामा बैंक

काठमाडौं,जेठ। नेपाल बैंकर्स संघले बचत खातामा आठ र मुद्दती खातामा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने भद्र सहमति फिर्ता लिएसँगै बचत खाता र मुद्दती निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धामा बैंकहरु उत्रिएका छन्।
संघको गत आइतबारको बैठकले बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको अभाव केही खुकुलो हुँदै गएको भन्दै गत पुसमा गरेको सहमति फिर्ता लिएको थियो। संघले प्रतिस्पर्धाको माध्यमबाट ब्याजदर निर्धारण हुने बाटो खुला गरिदिएपछि बैंकहरुबीच निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धा सुरु भएको हो।
संघको यस्तो निर्णयसँगै दुई बैंकले निक्षेपको ब्याजदर बढाउने घोषणा गरेका छन्। सिभिल बैंकले मुद्दती निक्षेपमा १२।२२ प्रतिशत र बचत खातामा १० प्रतिशत ब्याज दिने योजना ल्याएको छ। यसैगरी, एनआइसी एसिया बैंकले मुद्दती निक्षेपमा १२ प्रतिशत ब्याज दिने योजना ल्याएको छ।(नागरिक दैनिक)

प्रतिकृया दिनुहोस

'नक्सा पास नगरी निर्माण भएका भवनको नक्सा पास गर्नुस'

काठमाडौँ, असार ।  नियमअनुरुप निर्माण भएका तर नक्सा पास नभएका भवनका लागि काठमाडौँ महानगरपालिकाले  नया  व्यवस्था गरेको छ ।  निजी तथा सार्वजनिक र

नेपाल र चीन ऊर्जा सहकार्य : उच्चस्तरीय संयन्त्र बन्दै

काठमाडौँ, असार  । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा भएको सम्झौतापछि  नेपाल र चीनबीच ऊर्जा, जलस्रोत क्षेत्रका विविध आयामहरुमा सहकार्यका

सिभिल बैंकले स्मार्ट वेबसाईटको सुरुवात

काठमाडौ, असार । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाइ सहज ढंगले सूचना प्राप्त गर्न स्मार्ट वेबसाईटको सुरुवात गरेको छ । सो स्मार्ट वेबसाईटको अनावरण