• सोमबार ८-२४-२०७५/Monday 12-10-2018

पदक विजेता तेक्वान्दो खेलाडी सम्मानित

काठमाडौं । ह्वाइट फिल्ड स्कुलले अन्तर्राष्ट्रिय तेक्वान्दोमा पदक विजेता खेलाडीलाई सम्मानित गरेको छ । सोमबार नयाँबजारको खुशिबुस्थित ह्वाइट फिल्डले आफ्नै विद्यालयमा अध्ययनरत तेक्वान्दोका अन्तर्राष्ट्रिय पदक विजेतालाई सम्मानित गरेको हो ।

 

गत ५ देखि ७ जेठसम्म भएको दोस्रो काठमाडौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा २ स्वर्णसहित १२ पदक जित्न सफल खेलाडी र प्रशिक्षक कुमार लामा घिसिङलाई ह्वाइटफिल्ड स्कुलका भाइस प्रिन्सिपल पारस श्रेष्ठ र को–अर्डिनेटर राममणी बगालेले सम्मान गरेका हुन् । उनीहरुलाई दोसल्ला र सम्मानपत्रमार्पmत गरिएको थियो ।

 

च्याम्पियनसिपमा पुम्सेतर्पm महिलामा एनचाङ शेर्पा र पुरुषमा मोहित राजभण्डारीले स्वर्ण पदक जितेका थिए । रजत पदक जित्नेमा जुबिन महर्जन प्रतिक्षा प्रजापती, श्रेया डंगोल, निकिता खत्री, जम्याङ शेर्पा, सुप्रिया तिमिल्सिना, शाहरा जोशी, सितु सिंह मास्के र आकृति श्रेष्ठ तथा श्रीखंडामान शाक्यले नेपालका लागि कांस्य पदक दिलाएका थिए ।

प्रतिकृया दिनुहोस

ईपीएल ट्रर्फी अनावरण, उद्घाटन खेल भोलिबाट

काठमाडौं– शनिबारबाट सुरु हुने एभेरेष्ट प्रिमियर लिगको उपाधि विजेता टिमले पाउने ट्रफि सार्वजनिक भएको छ । काठमाडौंको द्वारीका होटलमा आयोजना गरिएको

छैटौं चरणका खेल समाप्त, सातौं चरणका खेल भोलिबाट

काठमाडौं । काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत विहीबार भएको खेलमा उपाधिको दाबेदार मानिएको विभागीय टोली आर्मीले बराबरी खेल्दै लिगको

ईपीएलमा यसरी माहोल तताउने छन् इंग्ल्याण्डका यी ६ सुन्दरीले 

काठमाडौं । आउँदो शनिबारबाट काठमाडौंमा शुरु हुने एभेष्ट प्रिमियर लिगको तयारी अन्तिम चरणमा पुगेको छ । खेलको संघारमा खेललाई अझ स्तरीय र रोमान्चक बनाउन