• बिहीबार ४-३१-२०७५/Thursday 08-16-2018

आगलागीबाट करोडौंको नोक्सानी

इटहरी । सुनसरी इटहरी उपमहानगरपालिका–६ स्थित मुख्य बजार क्षेत्रमा गएराति आगलागी हुँदा रु अढाइ करोडभन्दा बढी मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

राति ११ बजेर ३५ मिनेटतिर इन्द्र फेन्सी स्टोरमा अकस्मात आगलागी हुँदा स्टोरमा रहेका बहुमूल्य लत्ताकपडालगायतका सबै सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीको छ । इटहरी, धरान, दुहवी र इनरुवा र विराटनगरबाट आएका बारुणयन्त्रको सहायताले सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । \

 

प्रतिकृया दिनुहोस

नयाँ कानुनमा प्रेसलाई यस्तो अंकुश

काठमाडौं । मुलुकी ऐन प्रतिस्थापन गरी भदौ १ गतेदेखि लागू हुन लागेको मुलुकी फौजदारी संहिताका गोपनीयता र गाली बेइज्जतीसम्बन्धी महलका प्रावधानले सञ्चार

भीरबाट लडेर युवकको मृत्यु 

गुल्मी । भीरबाट खसेर मदाने गाउँपालिका–७ भनभनेमा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा भनभनेका २६ वर्षीय थम्मनबहादुर बोहोरा रहेको जिल्ला प्रहरी

सुत्केरीलाई डोजर भरोसा !

काठमाडाैं । जिल्लाको दक्षिणी भेगमा पर्ने शैलुंगेश्वर गाउँपालिका ८ मनगाउँकी शान्ति श्रेष्ठलाई सोमबार बिहानै सुत्केरी व्यथाले च्याप्यो । सुरुमा त