• मंगलबार ३-५-२०७५/Tuesday 06-19-2018

ट्र्याक्टर पल्टिँदा एकको मृत्यु

राजविराज ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–६ स्थित पुलमा ट्र्याक्टर ठोक्किँदा आज बिहान एक जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १ त ५४५६ नम्बरको ट्र्याक्टर आफैँ अनियन्त्रत भई पुलमा ठोक्किँदा ट्र्याक्टरमा सवार खडक नगरपालिका–४ का १६ वर्षीय किरणकुमार रामको मृत्यु भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका रामको उपचारका क्रममा लहानस्थित सप्तऋषि अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै दुर्घटनामा परी सोही ट्र्याक्टरमा सवार खडक नगरपालिका–३ का ३५ वर्षीय सञ्जयकुमार चौधरी पनि घाइते भएको र उनको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ ।

ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

वरिष्ठ न्युरो सर्जन उपेन्द्र देवकोटा रहेनन्

काठमाडौं, असार । वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ । डा. देवकोटाको बाँसबारीस्थित न्युरो अस्पतालमा सोमबार साँझ साढे ५ बजेपछि

स्वास्थ्य परीक्षणका लागि पूर्व राजा नर्भिकमा

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह परिवारका अरु सदस्यसहित आइतबार बिहानै नियमित स्वास्थ्य परीक्षणका लागि नर्भिक अस्पताल पुगेका छन् । पूर्व राजा

मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

चितवन ।  नारायणगढ मुग्लिन सडकखण्डको इच्छाकामना गाँउपालिका ६ मा पर्ने ३ नम्बर पुलमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बा ६२ प ३७०४