• शनिबार ३-९-२०७५/Saturday 06-23-2018

नेइमार पनि फर्ममा, नेइमारको कीर्तिमानी गोल

नेइमार पनि फर्ममा, नेइमारको कीर्तिमानी गोल

काठमाडौं, जेठ । रुस विश्वकप सुरु हुन अब तीन दिनमात्र बाँकी छ । विश्वकप सुरु हुनुअघिको अन्तिम वार्मअप खेलमा ब्राजिलले उपाधिका लागि दह्रो दावेदारी दिएको छ । 
ब्राजिलका आकर्षण नेइमारले पनि फर्ममा भएको प्रमाण पेश गरेका छन् । भियनामा भएको खेलमा अष्ट्रियालाई ३–० ले हराउँदा नेइमारले एक गोल गरे । 
खेलमा गाब्रियल जिससले गोलको खाता खोलेका थिए । नेइमारले दोस्रो गोल गरे । फिलिप्पे कौटिन्होले तेस्रो गोल गरे । 
विश्वकै महंगा नेइमारप्रति चिन्तित ब्राजिल पनि तनावमुक्त भएको छ ।  उनका प्रशंसक पनि ढुक्क हुँदै गएका छन् । 
अष्ट्रिया विरुद्ध गोल गर्दै नेइमारले ब्राजिलियन आइकन रोमारियोको बराबरी गरेका छन् । उनले ५५ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् । 
नेइमारभन्दा अगाडि पेले ७७ गोल र रोनाल्डो ६२ गोलमात्र छन् । २६ वर्षे नेइमारले यी सबै कीर्तिमान तोड्ने अनुमान गरिएको छ । 
ब्राजिल विश्वकपको समुह इ मा रहेको छ । यो समुहमा स्वीट्जरल्याण्ड, कोस्टारिका र सर्विया रहेका छन् । 

प्रतिकृया दिनुहोस

स्विजरल्याण्ड बिजयी हुँदा रोमाञ्चक

काठमाडौं,असार। ब्राजिलले कोस्टारिकालाई हराएपछि स्विजरल्याण्डले सर्बियालाई पनि पराजित गरेको छ। दुई खेल खेलेको ब्राजिल र स्विजरल्याण्ड दुबैको ४(४

क्रोएसियाले मेस्सीको टोली अर्जेन्टिनालाई ३-०गोलले पराजित

काठमाडौं, असार। क्रोएसियाले मेस्सीको टोली अर्जेन्टिनालाई ३-० गोलले पराजित गर्दै दोस्रो चरणको स्थान पक्का गरेको छ।  क्रोएसियाले अर्जेन्टिनाको

सचिव-सहसचिवलाई एक बर्ष नपुगी सरुवा गर्न नपाइने

काठमाडौं । सरकारले सचिव र सहसचिवलाई एक वर्ष नपुगी अर्को मन्त्रालय वा निकायमा सरुवा गर्न नपाइने गरी कानुन बन्ने भएको छ । मन्त्री र सचिवबीच मनमुटाव