• आज : Wednesday 17 January 2018
    10:25:48 NST

चौथो पटक पनि चुनाव लड्ने तयारीमा मर्केल

बर्लिन, मंसिर ।जर्मन चान्सलर एञ्जेला मर्केल चौथो पटक जर्मनीको नेतृत्वका लागि चुनावमा उठ्ने भएकी छिन् । आगामी वर्ष हुने निर्वाचनका लागि उनले उम्मेदवारी घोषणा गर्दै समर्थनका लागि पार्टी नेता कार्यकर्तालाई आह्वान समेत गरेकी छिन् । आफ्नो क्रिष्चियन डेमोक्रेट पार्टीको सभालाई सम्बोधन गर्दै उनले उम्मेदवारी घोषणा गरेकी हुन् ।
समाज ध्रुवीकरणमा फसेका बेला चुनावमा जित निकाल्नु त्यति सजिलो भने नभएको उनको भनाइ छ । गणतन्त्र र स्वतन्त्रताका लागि आफ्नो उममेदवारी रहने उनले बताइन् । आप्रवासी र ब्रेक्जिट मुद्दा आफ्नो लागि कडा परीक्षा बन्ने पनि मर्केलले बताइन् ।
जर्मनीको पहिलो महिला चान्सलर मर्केल गएको ११ वर्षदेखि चान्सलर पदमा छिन् । मर्केललाई यूरोपमा अशान्ति कम गर्दै स्थायित्व कायम गराउने बलिया नेताका रुपमा हेरिन्छ । यद्यपि, आप्रवासीलाई भित्र्याउने उनको पछिल्लो निर्णयप्रति भने जर्मनीमा आलोचना बढेको छ ।

Comment

Related News