• सोमबार ७-५-२०७५/Monday 10-22-2018

'सयकडा दश'मा अमृत र करुणासँगै मनोजको हास्य प्रस्तुती

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा हास्य विधाका चलचित्रले एक पछि अर्को गर्दै सफलता बटुलिरहेका बेला हास्य कलाकारको प्रमुख भूमिका रहेको चलचित्र सय कडा दश पनि प्रदर्शनका लागि तयार भएको छ । चलचित्र टोलीले प्रदर्शनको मिति सार्वजनिक नगरेको भए पनि चलचित्रको सम्पूर्ण छायांकन समाप्त भएको जानकारी दिएको हो । त्यसो त चलचित्रमा हास्य कलाकार गजुरेलको प्रमुख भूमिका रहेको भए पनि चलचित्रले भने वेथिति र विसंगती विरुद्धको कथालार्ई प्रमुखता दिइएको छ ।

 

हास्य कलाकार गजुरेलको प्रमुख भूमिका रहेको फिल्म सयकडा दशको हालै सुटिङ प्याकअप भएको हो । छायांकन सकिएसँगै निर्माताले अमृत ढुंगाना र डेब्यु गर्ल करुणा श्रेष्ठ फिचर्ड तस्बिर सार्वजनिक गरेका छन् ।

 

काठमाडौं, पोखरा, सिन्धुली र पाँचथरमा खिचिएको यस फिल्ममा पहिलो पटक अमृत र करुणाले जोडी बाँधेका हुन् । मंसिरमा रिलिज लक्ष्य राखिएको फिल्मलाई त्यस अगाडि च्यारिटी अभियान चलाउने तयारी गरिएको छ । भ्रष्टाचारविरुद्ध सदाचार समाज निर्माणका लागि पात्रले गर्ने संघर्ष यसको केन्द्रिय द्वन्द्व हो । प्रेमगीत २ फेम निर्देशक रामशरण पाठक निर्देशित फिल्मले भ्रष्टाचारले सम्बन्ध र परिवारमा पार्ने प्रभावको कथालाई मार्मिक तवरले प्रस्तुत गरेको निर्माता ढुंगानाले बताए ।

 

यसमा राजाराम पौडेल, रवि डंगोल, रस्मी भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, कुमार कार्की, प्रसिद्ध थापा र मानस्वी निरौलाको पनि अभिनय छ । दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा बनेको फिल्मलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् । रामेश्वर कार्कीको छायांकन, बनिश शाहको सम्पादन, दीलिप ओखडाको नृत्य निर्देशन र कल्याण सिंहको संगीत छ । युट्युवस्टार गायक स्वप्न सुमनले पाश्र्वगायनमा त्रिशला गुरुङ र सन्देश पाठकसँग सहकार्य गरेका छन् ।

 

हास्य कलाकार मनोज गजुरेलले विभिन्न स्टेज कार्यक्रममा दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरिसकेका छन् । तर चलचित्रमा भने उनी पहिलो पटक देखिन लागेका हुन् । यो चलचित्रमा गजुरेलकै अभिनय रहेका कारण पनि निर्माण पक्ष अझ बढी आशावादी देखिएको हो । उनीसँगै राजाराम, रवि डंगोल लगायतका हास्य कलाकार भएका कारण पनि चलचित्र हास्यप्रदान हुने अनुमान गरिएको छ । भ्रष्टाचार र वेथितिको कथामा चलचित्र निर्माण गरिएको निर्माण पक्षले जानकारी दिएको भए पछि यसले हास्य विधालाई पनि समेटको सहज अनुमान लगाउन सकिन्छ । त्यस्तै निर्माण पक्षले चलचित्रको छायांकन समापन गरेसँगै प्राविधिक पक्षमा जुटेको छ । चलचित्रको सम्पादन, डबिङ लगायतका काम सकिएलगत्तै चलचित्रको प्रदर्शन मिति तोकिने निर्माण पक्षले जानकारी दिएको छ । पछिल्लो समय चलचित्र निर्माण घोषणा देखि नै चलचित्रको प्रचार प्रसार थालिने भएका कारण दर्शकले चलचित्रको साथ दिन पनि थालेको पाइन्छ । त्यो भन्दा पनि चलचित्रको गीत संगीतले पनि दर्शक तान्न उत्तिकै महत्वपूर्ण भूमिका खेल्ने गरेको छ ।

 

चलचित्रको छायांकन सकिए लगतै निर्माताले अमृत ढुंगाना र डेब्यु गर्ल करुणा श्रेष्ठ फिचर्ड ताजा स्थिर तस्विर प्रकाशमा ल्याएका हुन् । चलचित्र काठमाडौं, पोखरा, सिन्धुली र पाँचथरमा फिल्मांकन गरिएको निर्माण पक्षले जनाएको छ । मंसिरमा रिलिज लक्ष्य राखिएको फिल्मलाई त्यसअगाडि च्यारिटी अभियान चलाउने तयारी गरिएको छ ।

प्रतिकृया दिनुहोस

मुम्बइका तीन खान : कमजोर देखिए शाहरुख, कारण यस्तो

  मुम्बइ, कात्तिक  । बलिउड,  तीन खानको रजगज  । उनीहरुको फिल्म जस्तो सुकै नराम्रो भएपनि सयकरोड क्लवमा अड्छन् । तर तीन खानमा सबैभन्दा कमजोर शाहरुख

१२ वर्षपछि ‘जय भोले’ लिएर आए अशोक

काठमाडौं । पुराना स्टार कलाकारको पुनरागमनले सफलता पाइरहेका बेला पुराना सफल निर्देशक अशोक शर्मा पनि झण्डै १२ वर्ष पनि नयाँ चलचित्र निर्देशनमार्फत

‘क्याप्टेन’सँग ‘जात्रै जात्रा’को भिडन्त पक्का 

काठमाडौं । प्रदिप भट्टराई निर्देशित चलचित्र ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ निर्माण घोषणा गरिएको हो । चलचित्र निर्माणको घोषणा भन्दा पनि