• बुधबार ६-३१-२०७५/Wednesday 10-17-2018

तस्वीरमा तीन अभिनेत्रीको प्रगाढ प्रेम

तस्वीरमा तीन अभिनेत्रीको प्रगाढ प्रेम

काठमाडौं लामो समयपछि एकै विधामा सहकर्मीहरु एक ठाउँ भेट हुँदा पक्कै पनि खुशीयाली छाउँछ । यसमा कसैको दुईमत छैन । अझ चलचित्र क्षेत्रमै लामो समयसम्म सँगै बिताएका पुराना साथीसँगी भेटिँदा याद पुनर्ताजगी हुन्छ नै । अहिले पुरानी तीन अभिनेत्री एक ठाउँमा जमघट भएर खुशी साँटेपछि उनीहरुको अतीत निकै नै खुशीयाली र सम्बन्ध प्रगाढ रहेको प्रतित हुन्छ ।  ती तीन अभिनेत्री थिएरेखा थापा, विपना थापा र करिश्मा मानन्धर । उनीहरुले लामो अन्तरालपछिको भेटमा पुराना यादहरुलाई पुनर्ताजगी बनाएका हुन् । 

 

अभिनेत्री त्रय रेखा थापा, विपना थापा र करिश्मा मानन्धरको हालै एक ग्यादरिङ भेट गरे । जहाँ वर्षौंपछि उनीहरुले पुराना याद पुनर्ताजगि गरे । करिश्मा अघिल्लो पुस्ताकी अभिनेत्री भए पनि रेखा र विपनालाई भने एकै कालखण्डका प्रतिस्पर्धी हुन् । एक समय यी दुईबीच कडा व्यावसायिक प्रतिस्पर्धा पनि हुने गरेको थियो । मितिनी,वरमाला लगायतका फिल्ममा रेखा र विपनाले सँगै काम पनि गरेका छन् ।

 

आफ्नो आधिकारिक फेसबुकमा रेखाले विथ माई टू सुपरस्टार भन्दै करिश्मा र विपनासँगको फोटो शेयर गरेकी छिन् । उनी लेखेकी छिन्– ‘विपना दी इन्डष्ट्री, अडियन्स मिसिङ यू । प्लिज कमब्याक इन इन्डष्ट्री । वि लभ यू । तस्वीरमा तीन अभिनेत्रीको गाढा प्रेम देख्न सकिन्छ । सम्भवतः पहिलो पटक करिश्मा, रेखा र विपना एउटै फ्रेममा अटेका हुन् । रेखा र करिश्मा अझै फिल्ममा सक्रिय भएपनि विपना भने विवाहपछि पर्दामा देखिएकी छैनन् । अहिले विपना छोराको स्कुल विदा भएका कारण नेपाल आएकी हुन् । उनी चाँडै फिल्ममा कमब्याक गर्ने सोचमा रहेको बताउँछिन् ।

 

नेपाल बसाईको क्रममा उनले आफ्ना पुराना सहयात्रीहरुसँग पनि भेटघाट गरिरहेकी छन् । चलचित्रबाट टाढा रहेको भए पछि आफूले सधैँ नेपाली चलचित्रलाई माया गरेको र गरिरहने बताउँदै आएकी छिन् ।

प्रतिकृया दिनुहोस

१२ वर्षपछि ‘जय भोले’ लिएर आए अशोक

काठमाडौं । पुराना स्टार कलाकारको पुनरागमनले सफलता पाइरहेका बेला पुराना सफल निर्देशक अशोक शर्मा पनि झण्डै १२ वर्ष पनि नयाँ चलचित्र निर्देशनमार्फत

‘क्याप्टेन’सँग ‘जात्रै जात्रा’को भिडन्त पक्का 

काठमाडौं । प्रदिप भट्टराई निर्देशित चलचित्र ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ निर्माण घोषणा गरिएको हो । चलचित्र निर्माणको घोषणा भन्दा पनि

‘मालिका’ले युनिभर्सल सर्टिफिकेट पाउँदा रेखा मक्ख 

काठमाडौं । अभिनयसँगै निर्देशनमा समेत अब्बलता हासिल गरेकी रेखा थापाको पछिल्लो चलचित्र मालिका प्रदर्शनका लागि तयार भएको छ । कार्तिक १६ गतेबाट