• सोमबार ८-२४-२०७५/Monday 12-10-2018

दिनेशकै फिल्ममा देखिँदै राजेश

काठमाडौं । नेपाली चलचित्रमा महानायकको उपमा पाएका अभिनेता राजेश हमाल पछिल्लो समय चलचित्रमा देखिएका छैनन् । विभिन्न संघ संस्थाको सद्भावनादूत बनेर सामाजिक कार्यमा सक्रिय बन्दै आएपनि चलचित्रमा भने दर्शकले देख्न पाएका छैनन् ।

 

उनको पछिल्लो चलचित्र शकुन्तला हो । त्यस अगाडि उनी चलचित्र बागमतीमा देखिएका थिए । यी दुबै चलचित्रलाई दर्शकले साथ नदिएपछि चलचित्र बजारमा उनको माग एकाएक घटेको हो । नयाँ कलाकारले बजारमा राम्रो स्थान बनाएका कारण पनि पुराना विस्थापित हुन पुगेका हुन् । तर, हमाल चाँडै एउटा नयाँ चलचित्रमा देखिने भएका छन् ।

 

शकुन्तलामा सारी लगाए पनि हमाललाई दर्शकले पत्याएनन् । यो फिल्म असफल भएपछि हमालले नयाँ नयाँ बिषयमा काम गर्न चाहेपनि सफल हुन नसकेको देखियो । यसपछि हमाल फिल्ममा अभिनय गर्नबाट पछि हटे । अब भने उनले फिल्म शकुन्तलाकै निर्देशक दिनेश श्रेष्ठले निर्देशन गर्न लागेको नयाँ फिल्ममा काम गर्ने भएका छन् । हमालले काम गर्न लागेको नयाँ फिल्मलाई महंगो बजेटमा बनाउने तयारी गरिएको छ ।

 

हमालले आफ्नो जन्मदिनको अवसरमा सो फिल्ममा काम गर्न राजी भएका हुन् । फिल्ममा ४ जना लीड अभिनेत्री हुनेछन् । तर, अहिलेसम्म अभिनेत्रीहरुको कोही पनि फाइनल भएका छैनन् । फिल्ममा हमालको निकै नै फरक गेटअप हुने निर्देशक दिनेशले बताए । फिल्मको छायांकन तिहारपछि हुनेछ ।

प्रतिकृया दिनुहोस

प्रविधि प्रयोगमा फड्को मार्दै चलचित्र क्षेत्र 

काठमाडौं । प्रविधिको भरपूर प्रयोगले पछिल्लो समय सवैभन्दा फड्को मारेको क्षेत्र हो–चलचित्र क्षेत्र । त्यसो त प्रविधिको प्रयोगविना कुनै पनि काम सहज

मेक्सिकोकी सुन्दरीलार्इ मिस वर्ल्डको उपाधि

काठमाडौं, मंसिर । 'मिस वर्ल्ड २०१८' को ताज मेक्सिकोकी सुन्दरी भेनेसा पोन्स डी लिअनले पहिरेकी छन्। प्रतिस्पर्धी ११८ देशका सुन्दरीलाई पछि पार्दै २६

टप पाँचबाट बाहिरिइन शृङ्खला

  काठमाडौं, मंसिर । ‘मिस वर्ल्ड’ २०१८ को अन्तिम टप पाँचबाट शृङ्खला बाहिरिएकी छन ।  शृङ्खला टप १२ मा पुगेकी थिइन् । शनिबार साँझ भएको फाइनलको पहिलो