• बुधबार ६-३१-२०७५/Wednesday 10-17-2018

वीराङ्गनामा शिल्पा र पृथ्वीको रोमान्स !

काठमाडौं । असार २९ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म वीराङ्गना को डान्सिङ विटको गीत सार्वजनिक भएको छ । तिम्रो हाम्रो मायामा बोलको गीतमा दीपक शर्माको संगीत र रघु परियारको शब्द रहेको छ भने कृष्ण काफ्ले र रेश्मा पुनको स्वर सुन्न सकिन्छ ।

 

रामेश्वर कार्कीले खिचेको गीतमा अभिनेत्री शिल्पा पोखरेल र अभिनेता पुथ्वीराज प्रसाईँ फिचर छन् । यसका कोरियोग्राफर सुरेन्द्र बसेल हुन् । यसअघि यही जोडीले किस्मत २ मंगलम्मा काम गरिसकेका थिए । एक्सन जनराको नारी प्रधान भनिएको वीराङ्गना मा राज बहादुर सानेको निर्देशन, हरि घले लामाको छायांकन र तारा थापा किम्भे को सम्पादन छ । उक्त फिल्ममा बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता तथा सहनिर्मातामा सुमि चाम्लिङ राई रहेका छन् । र्फोथ आई मुभिजको ब्यानरमा निर्माण भएको वीराङ्गना मा अनुप विक्रम शाही, धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, ध्रुव कोईराला, सुशील पोखरेल लगायतको अभिनय रहेको छ । निर्देशक सानेले सिमाना क्षेत्र र अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले पु¥याएको योगदान र महिला सशस्त्र प्रहरीको वीरताको बारेमा चलचित्र केन्द्रित रहेको निर्माण पक्षले जनाएको छ ।

 

निरन्तर नेपाली चलचित्रमा कठिन परिश्रमसँगै सफलता हासिल गर्दै आएका युवा निर्देशक  शानेले नयाँ चलचित्र वीराङ्गना निर्माण गरेको हुन् । विराङ्गगनाका लागि यतिखेर निर्माण टोली दौडधुपमा व्यस्त बनेको छ । प्रचार प्रसारकै क्रममा निर्माण टोलीले हालै चार पोष्टर समेत सार्वजनिक गरिएको थियो ।

 

निर्देशक शनेले यसभन्दा अगाडि व्यावसायिक रुपमा केहीहदसम्म सफलता पाएको वृन्दावन निर्देशन गरेका थिए । अहिले लभस्टोरी एकशन वीराङ्गनाको निर्माण गरेका हुन् । यो चलसिचत्रबाट आफू निकै आशावादी रहेको उनले बताए । हालै सार्वजनि गरिएको पोष्टरमा कलाकारहरु अनुप विक्रम शाही, शिल्पा पोखरेल र पृथ्वी राज प्रसाईलाई समेटिएको थियो । पोष्टरमा शिल्पा पोखरेललाई घोडा र बाँदरसँगै एक्शन लुक्समा पनि प्रस्तुत भएकी छिन् । फिल्मको वितरणको जिम्मा काठमाडौंमा बि के फिल्मस्का गोपाल कायस्थ र काठमाडौं बाहिर एफडि कमपनीले लिएका छन् ।

 

चलचित्रका नायक शाहीले शसस्त्र प्रहरीको योगदानमाथि बनेको फिल्म भएकोले त्यही भित्रको एउटा पात्रको भुमिका आफूले निर्वाह गरेको बताए । त्यस्तै, नायिका शिल्पाले नारी प्रदान र सामाजिक फिल्महरु मन पर्ने र त्यसै कारण पनि वीराङ्गाना आफ्नो लागि विशेष भएको बताइन् । पहिलेकै जस्तै एक्शन, लभ र गीतमा दर्शकले शिल्पालाई पाउँने उनले बताइन् । शिल्पासँगै बाँदर र घोडाको कलात्मक कलाले अझ दर्शकलाई मनोरञ्जन बढी प्रदान गर्ने निर्माण पक्षले आशा राखेको छ ।

प्रतिकृया दिनुहोस

१२ वर्षपछि ‘जय भोले’ लिएर आए अशोक

काठमाडौं । पुराना स्टार कलाकारको पुनरागमनले सफलता पाइरहेका बेला पुराना सफल निर्देशक अशोक शर्मा पनि झण्डै १२ वर्ष पनि नयाँ चलचित्र निर्देशनमार्फत

‘क्याप्टेन’सँग ‘जात्रै जात्रा’को भिडन्त पक्का 

काठमाडौं । प्रदिप भट्टराई निर्देशित चलचित्र ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ निर्माण घोषणा गरिएको हो । चलचित्र निर्माणको घोषणा भन्दा पनि

‘मालिका’ले युनिभर्सल सर्टिफिकेट पाउँदा रेखा मक्ख 

काठमाडौं । अभिनयसँगै निर्देशनमा समेत अब्बलता हासिल गरेकी रेखा थापाको पछिल्लो चलचित्र मालिका प्रदर्शनका लागि तयार भएको छ । कार्तिक १६ गतेबाट