• सोमबार ८-२४-२०७५/Monday 12-10-2018

प्रधानमन्त्री कप त्रिकेटः उपाधि भिडन्त आज

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल टियु क्रिकेट मैदानमा बिहान ९ बजेबाट शुरु हुनेछ । दोस्रो संस्करणको प्रधानमन्त्री कप जित्ने दाउमा दुबै टिम छन् ।


नेपाल पुलिसलाई ९ रनले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो भने आर्मीले प्रदेश ५ लाई १ सय ५४ रनले पराजित गर्दै फाइनल पुगेको हो । सोमबार आर्मी विनोद भण्डारीको कप्तानीमा मैदानमा उत्रिँदैछ भने एपीएफ बसन्त रेग्मीको कप्तानीमा मैदानमा उत्रिने छ । समूह चरणमा भने एपीएफ क्लब आर्मीसँग ७० रनले पराजित भएको थियो । समूह ए को विजेता बनेको आर्मीले जारी प्रतियोगितामा कुनै पनि खेल हारेको छैन ।

 

प्रतियोगिताको विजेताले नगद २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले १ लाख पुरस्कार पाउनेछन् भने उत्कृष्ट बलर र ब्याट्सम्यानले ५०–५० हजार पुरस्कार पाउनेछन् । प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय क्लब गरी १० टिमको सहभागिता जनाएका थिए ।

 

 

 

 

प्रतिकृया दिनुहोस

ईपीएल ट्रर्फी अनावरण, उद्घाटन खेल भोलिबाट

काठमाडौं– शनिबारबाट सुरु हुने एभेरेष्ट प्रिमियर लिगको उपाधि विजेता टिमले पाउने ट्रफि सार्वजनिक भएको छ । काठमाडौंको द्वारीका होटलमा आयोजना गरिएको

छैटौं चरणका खेल समाप्त, सातौं चरणका खेल भोलिबाट

काठमाडौं । काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत विहीबार भएको खेलमा उपाधिको दाबेदार मानिएको विभागीय टोली आर्मीले बराबरी खेल्दै लिगको

ईपीएलमा यसरी माहोल तताउने छन् इंग्ल्याण्डका यी ६ सुन्दरीले 

काठमाडौं । आउँदो शनिबारबाट काठमाडौंमा शुरु हुने एभेष्ट प्रिमियर लिगको तयारी अन्तिम चरणमा पुगेको छ । खेलको संघारमा खेललाई अझ स्तरीय र रोमान्चक बनाउन