• सोमबार ८-२४-२०७५/Monday 12-10-2018

"सरकारी गाडी जलाएको जिम्मा नेविसंघले लिन्छ "


काठमाडौं, जेठ । आइतवार सरकारी क्याम्पस  क्षेत्रमा सरकारी गाडी चल्न नदिने नेपाल विद्यार्थी संघको घोषणासँगै देशका केहि स्थानमा सरकारी गाडीहरुमा क्षति पुगेको छ ।  नेविसंघले घोषणा गरेको कार्यक्रम अनुसार सरकारी गाडीमा आगजनी तथा तोडफोड समेत भएको छ ।
नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले सञ्चारकर्मीसँग भने,  सरकारी गाडीमा भएको आगजनी नेविसंघकै पूर्व घोषित कार्यक्रम  हो ।  नेविसंघले आइतवार  सरकारी गाडी चल्न नदिने घोषणा गरेपछि कतिपय ठाँउमा सरकारी गाडीमा तोडफोड तथा आगजनी भएको खबर प्राप्त भएको उनले बताए ।
उनले भने, (ुआइतवार सडकमा सरकारी गाडी चल्न नदिने नेविसंघ केन्द्रीय समितिले घोषणा गरेको थियो । मंगलवार नेविसंघले  देशभरका ७७ जिल्लामा  र सम्पूर्ण कलेजमा  प्रधानमन्त्रीको पुत्ला दहन गर्ने कार्यक्रम रहेको महामन्त्री काफ्लेले बताए । 
उनले भने, मुल्य बृद्धिको र  सर्वसत्तावादको नायक वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भएको कारण  पुत्ला दहन गर्न लागेका हौँ ।  
नेविसंघले शनिवार राके जुलुस र  आइतवार देशका विभिन्न स्थानमा सरकारी गाडी चल्न नदिने घोषणा गरेको थियो ।   आइतवार काठमाडौंको शंखमूल नजिकै  सरकारी गाडीमा नेविसंघ आगजनी गरेको थियो ।

प्रतिकृया दिनुहोस

नेपालमा आठ रेक्टरको भूकम्प आउने खतराः वैज्ञानिक

काठमाडौं । नेपालमा ठूलो भूकम्प जाने सम्भावना रहेको भन्दै वैज्ञानिकहरूले सुरक्षित र बलियो बासस्थान निर्माणको आह्वान गरेका छन् । भारतीय

"सङ्घीयता नयाँ विषय भएकाले बलियो बनाउन लाग्नुपर्छ"

काठमाडौँ, मंसिर । सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्यबाट नै देशलाई अगाडि बढाउनुपर्नेमा  प्रधानमन्त्री केपी शर्मा ओलीले जोड दिएका छन् । आज

न्याय परिषदद्धारा प्रधानन्यायाधीशका लागि जोशी र राणाको नाम सिफरिश

काठमाडौँ, मंसिर । संवैधानिक परिषद् बैठक आज  बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न बैठक