• आज : Tuesday 26 September 2017
    11:55:58 NST

काँग्रेसमा आन्तरिक व्यवस्थापनको समस्या

विद्वानहरुले राजनीतिलाई कला पनि भनेका छन् । दलभित्रका गुटबीचको सन्तुलन राख्ने कुरा त्यही कलाभित्र पर्दछ । नेपाली का“ग्रेसभित्रको एउटा प्रमुख समस्या भनेको यस्तै कला अर्थात व्यवस्थापन क्षमताको अभाव हो । आन्तरिक व्यवस्थापनको अभावमा का“ग्रेस व्यवहारमा जति ठूलो शक्ति हुनुपर्ने हो, त्यो त हुन सकेको छैन नै सँगै प्रभावकारितामाथि पनि प्रश्न चिन्ह तेर्सिने गरेको छ । जतिसुकै राम्रो लक्ष्य लिइएको भएपनि त्यसलाई कार्यान्वयन गर्ने सङ्गठन सबल, व्यवस्थित, रणनीतिमा स्पष्ट र कार्यकर्ताले स्वाभिमानको अनुभूति गर्ने परिस्थिति निर्माण हुन सकेन भने लक्ष्यप्राप्तिका लागि निष्काम कर्म गर्न त्यो सङ्गठन असफल हुन्छ । पछिल्लो अवस्था हेर्ने हो भने नेपाली का“ग्रेसले यो महङ्खवपूर्ण सवाललाई दृष्टिगत गरेर आफूलाई व्यवस्थित गर्ने सन्दर्भमा गम्भीरतापूर्वक प्रस्तुत हुनुपर्ने जरुरी देखिएको छ । 
का“ग्रेस ‘मास बेस’ दल हो । यस्तो प्रकृतिको दललाई सम्पूर्ण रुपमा एकताबद्ध गराएर कम्यूनिष्ट दलझै ‘चेन अफ कमाण्ड’को शैलीमा सञ्चालन गर्न सकिँदैन । तर ‘मास वेस’ दलका पनि केही मूल्य र मान्यता हुन्छन् । ती दलका कार्यकर्ताका पनि नैतिकता र कार्यक्षेत्रका सन्दर्भमा केही आधार हुन्छन् । 
नेतृत्वले कार्यकर्तालाई कसरी अनुशासित राख्ने र उनीहरुको मूल्याङ्कन कसरी गर्ने भन्ने कुराका निश्चित मापदण्ड हुन्छन् । यी आधारहरु कुनै सूत्रका रुपमा नभए पनि कस्तो सामाजिक अवस्थितिमा त्यो दल सञ्चालन हुने हो भन्ने सन्दर्भमा निर्माण गरिनुपर्दछ । यो दायित्व नेतृत्वको हुन्छ । दलको संरचनाभित्र रहेर दलको अहित गर्नेलाई अनुशासनको कारबाही गर्ने सामथ्र्यसहितको नेतृत्व र कार्यकर्ताको सही मूल्याङ्कन हुने ढङ्गको संरचना निर्माणको अभावमा का“ग्रेसजस्तो ‘मास बेस’ दललाई व्यवस्थित गर्न सकिँदैन । उचित व्यवस्थापनको अभावको अवस्थामा दल केही टाठाबाठा व्यक्तिको स्वार्थ सिद्ध गर्ने संरचनामा सीमित रहन सक्ने खतरालाई अस्वीकार गर्न सकिँदैन ।
-प्रजातान्त्रिक बिचार समाजद्धारा प्रकाशित पुस्तक ‘चिन्तन’ बाट
 

Comment

Related News