• सोमबार ८-२४-२०७५/Monday 12-10-2018

"सिंगापुर सम्मेलन किमको लागि अन्तिम मौका"

काठमाडौं,  जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको लागि जुन १२ (जेठ २९ गते) मा हुन गइरहेको सम्मेलन अन्तिम मौका हुने बताएका छन् । अहिले दुई मुलुकहरुको बीचमा भेटवार्ताको तयारी अन्तिम चरणमा रहेको छ । 
ट्रम्पले आगामी दिनमा उत्तर कोरियाले सकारात्मक कदम उठाउने विश्वास व्यक्त गरेका छन् । उनले उसको लागि यो अन्तिम मौका रहेको कारण पनि उसले कुनै गलत कदम नउठाउने बताएका हुन् । 
सीएनएनको विवरण अनुसार क्यानडामा शनिबार जी७ सम्मेलनमा उत्तर कोरियासँगको वार्ताको प्रस्ताव शान्तिको मिसन रहेको बताएका हुन् । 
यद्यपि उनले यो वार्ताको सफलताको विषयमा अनिश्चितता व्यक्त गरेका छन् । उनले आफूले उत्तर कोरिया परमाणु हतियार छोड्न तयार रहेको वा नरहेको भन्ने कुरा एक मिनेटभित्र थाहा पाउने बताएका हुन् । 
उत्तर कोरिया पूरै रहस्यमयी मुलुक रहेको र उसको वास्तविकता के हो भन्ने विषयमा धेरै कुराहरु गोप्य रहेको अवस्थामा उसको परीक्षणको लागि यो वार्ताको प्रस्ताव गरिएको उनको भनाइ छ । 
यसअघि ट्रम्पले यो बैठकका लागि आफू पहिलेदेखि नै तयारी अवस्थामा रहेको र यसमा थप केही तयारी गर्नुपर्ने आवश्यकता नरहेको बताएका थिए ।  उनले यो सम्मेलनमा सबै कुराहरु सही तवरले अघि बढेको खण्डमा आगामी दिनमा अमेरिका भ्रमणको लागि आफूले किमलाई निम्तो दिने बताएका थिए । 

प्रतिकृया दिनुहोस

नेपालमा आठ रेक्टरको भूकम्प आउने खतराः वैज्ञानिक

काठमाडौं । नेपालमा ठूलो भूकम्प जाने सम्भावना रहेको भन्दै वैज्ञानिकहरूले सुरक्षित र बलियो बासस्थान निर्माणको आह्वान गरेका छन् । भारतीय

"सङ्घीयता नयाँ विषय भएकाले बलियो बनाउन लाग्नुपर्छ"

काठमाडौँ, मंसिर । सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्यबाट नै देशलाई अगाडि बढाउनुपर्नेमा  प्रधानमन्त्री केपी शर्मा ओलीले जोड दिएका छन् । आज

न्याय परिषदद्धारा प्रधानन्यायाधीशका लागि जोशी र राणाको नाम सिफरिश

काठमाडौँ, मंसिर । संवैधानिक परिषद् बैठक आज  बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न बैठक