• आज : Monday 20 November 2017
    1:07:14 NST

महिला र आर्थिक समृद्धि : सहकारी सशक्त माध्याम बन्नसक्छ

-ओमदेवी मल्ल
आर्थिक समृद्धिका लागि राज्यले तय गरेको तीनखम्बे. अर्थनीति । यस नीतिभित्र सहकारी एउटा खम्बा अर्थात प्रमुख एवं महत्वपूर्ण आधार मानिएको छ सहकारीलाई । नेपालमा करिव ३३ हजार सहकारीमार्फत ६० लाख जनसङख्या संलग्न यस रहेको तथ्याङकले पनि यो क्षेत्रले आर्थिक समृद्धिमा बल पु¥याउँदैछ भन्ने आँकलन गर्नसकिन्छ । त्यसमध्ये पनि यी ३३ हजार सहकारी संस्थामार्फत देशको करिव तीनखर्ब स्थानीय स—सानो गाउँमा छरिएर रहेको पुँजी परिचालन गरिरहेको तथ्याङले पनि सहकारी क्षेत्रको विकास दिनप्रतिदिन भइरहेको छ भन्ने तथ्य हाम्रो सामुछ । 
सहकारीको अर्को महत्वपूर्ण बिशेषताका रपमा लिईन्छ महिला सहभागित । यस क्षेत्रमा संलग्न रहने जनसङख्यामध्ये करिव ५१ प््रतिशत महिला रहेका छन । र, संगठित हुनेक्रम पनि बढेको छ । सहकारीमा पुरुषको तुलनामा महिलाको उपस्थिति ज्यादै तीब्रगतिमा बढिरहेको छ । अहिले त सहकारीलाई आफ्नो भविष्यको आधारका रुपमा मान्न थालिएको छ । जसले गर्दा सहकारी क्षेत्र आर्थिक समृद्धिको आधार बन्दै गएको तथ्यले सहकारीको विकासले तीब्र गति लिइरहेको छ भन्ने आँकलन गर्नसकिन्छ र यसले स्पष्ट रुप ग्रहण गरिसकेको अवस्थापनि छ । 
राज्यले सहकारीलाई तीनखम्बे. अर्थनीतिका रुपमा संबोधन गरे निजी षेत्रको सक्रियतामा सहकारीका माध्यमबाट आर्थिक विकास सम्भव रहेको नेपालको संविधान २०७२ ले समेत अबलम्बन गरिसकेको छ । यस्तो अवस्थामा सहकारीको भूमिका र महत्व अझै बढेर गएको छ । नेपालको आर्थिक क्रान्ति गर्ने माध्यम सहकारी नै हो । सहकारीका माध्यमबाट नेपालको आर्थिक परिचानको स्वरुपलाइ हेर्ने हो भने यसैको माध्यामबाट रुपान्तरण गर्न सकिन्छ भन्ने स्पष्ट आधार देखिन्छन । सहकारीमार्फत गाउँ गाउँसम्म आर्थिक विकासको अभियान चलाउन सकिन्छ । 
सहकारीका क्षेत्रमा पछिल्लो समय सहकारीमा महिलाको क्रियाशीलता ह्वात्तै बढ्दै गएको छ । महिलाको सहभागिता बृद्धि हुनु अत्यन्त सकारात्मक कुरा हो । पितृसतात्मक सोच र अवसरका हिसावले पछाडि पारिएका वर्गका पर्दथे महिला । अहिले महिलाको आक्रामक प्रवेश र क्रियाशिलता, स्वतःस्फुर्तरुपले संगठित हुनु देश तथा महिला वर्गको विकासका लागि सकारात्मक संकेत र ठूलो सम्पति हो । महिला विकास र सशक्तिकरणमा सहकारीमार्फत आर्थिक विकासमा गति दिनसकिन्छ र सम्भव छ भन्ने यो बलियो प्रमाण हो सरकारी क्षेत्र । 
सहकारीमा महिलाको उपस्थिति मात्र होइन, नेतृत्व तहमा पनि आउन थालेका छन् । उपस्थितिको तुलनामा नेतृत्वतहमा कम देखिए पनि सहकारीको नेतृत्व तहमा महिला आउनसक्ने बलियो सम्भावनाहरु देखिन्छन् । अब सहकारीको नेतृत्व महिलाहरुले नै गर्न सक्नुपर्छ । नेपालको सहकारीमा महिलाको उपस्थिति दिनप्रतिदिन बढ्दै जानु समग्र अभियानका लागि उत्साहको कुरो हो । नेपाली राजनीतिमा कमै देखिदै आएका महिला सहकारीमा देखिएको क्रियाशिलता र  संलग्नताले नेतृत्व गर्ने क्षमता छ भन्ने एकातिर साबित गर्दै गएका छन भने अर्कोतिर राजनीतिमा पनि यो वर्गको सक्रियता बढ्छ र नेतृत्व क्षमता राख्छन भन्ने साबित गर्दैछन भन्ने आधार छोडेका छन ।  आफ्नो र परिवारको भविष्य सहकारीमै देखेका छन् । सहकारीमा सामूहिकताको भावना र सदस्यको हित चाहने भएकाले अधिकांश महिला एकजुट भएर सहकारी हाँक्ने गरेका छन् । सहकारी बढेसँगै त्यसमा आवद्व हुने महिलाको उपस्थिति पनि बढीरहेको छ । पछिल्लो तथ्यांक अनुसार सहकारीमा महिलाको बाहुल्यता रहेको छ । महिला समूहमा बसेर काम गर्ने चाहना र रुची बढी हुने भएकाले पनि सहकारीमा महिलाको आकर्षण बढ्दै गएको पाईन्छ  । 
महिला सहकारीमा क्रियाशील भएसँगै आर्थिक रुपान्तरणले गति लिन थालेको छ । सधैं चुलो चौकोमा सीमित हुने महिलाहरु सहकारीमा लागेपछि उनीहरुको जीवनस्तरमा बिस्तारै सुधार आउन थालेको छ । दुईचार पैसाका लागि श्रीमान्सँग हात थाप्नुपर्ने स्थिति छैन भने कतिपय अवस्थामा भरथेग समेत गनेृ गरेका छन ।   
नेतृत्वमा मात्र नभएर महिलाले मात्र छुट्टै सञ्चालन गरेका सहकारी पनि क्रमश बढ्दै गएका छन् । शेयर सदस्यदेखि सञ्चालक सबै पदाधिकारी महिला मात्र भएर पनि हजारौं सहकारी खुलेका छन् । चार हजारभन्दा बढी सहकारी महिला मात्रले सञ्चालन गरी सफलतापूर्वक सहकारी चलाएका छन् । सामान्यतया महिलाले चलाएका सहकारी अरुभन्दा राम्रा र इमान्दारमा दरिएका छन् । महिलाले हाँकेका सहकारीमा समस्या देखिएको छैन । समस्या सहकारी क्षेत्रका केहि सहकारीमा नभएको होइन तर महिलाले चलाएका सहकारीमा जटिल समस्याहरु पाउन मुश्किल छ ।  खासगरी महिलाहरु आफ्नो पेशा र दायित्वप्रति इमान्दार हुने भएकाले पनि महिला सहकारीमा कम समस्या देखिने गरेको हो । 
सहकारी विभाग तथा मन्त्रालयबाट अनुगमन गर्दा उनीहरुमा इमान्दारिता पाइएको प्रशस्त भेट्न सकिन्छ । महिलाले खासगरी हिनामिना गर्नबाट जोगाउँछन्, सुक्ष्म ढंगले आर्थिक विश्लेषण गर्दै सहकारी सञ्चालन गर्छन् भन्ने देखाउँछ । यसो हुदाँ सहकारीमा समस्या आउने र त्यसले ठूलो रुप लिन पाउँदैन । यद्यपि, सहकारी शिक्षा नेपालमा खाँचो छ । सहकारीमा लाग्ने जो कोहीलाई सहकारी शिक्षा नभई हुदैँन । सहकारी शिक्षाको अभावका कारण नेपालमा अझै राम्रोसँग सहकारी फस्टाउनसकेको छैन । केही बाहेक तुलनात्मक रुपमा रचनात्मक काम गरेका सहकारी सीमित छन् । 
 देशका ३३ हजार सहकारीले अहिले झण्डै तीन खर्बको कारोबार गरिरहेका छन् । सहकारीमा महिलाको सहभागिता पुरुषभन्दा बढी छ । देशको कुल जनसंख्यामध्ये सहकारीमा आबद्व रहेका ६० लाखमध्ये करिव ३० लाख भन्दा बढी महिला सहकारीमा संलग्न छन् ।  
महिलाको विकासले सिंगो परिवारको विकासमा मद्वत पु¥याउँछ भन्ने आधार बन्दै गएको छ । अहिले उनीहरुलाई सशक्तिकरणको खाँचो देखिएको छ । नेपालमा महिला सशक्तिकरणका कार्यक्रम व्यापक छन् । विभिन्न सरकारी, गैरसरकारी  संस्था तथा अन्य निकायबाट महिलाको क्षेत्रमा धेरै लगानी गरेका छन् । महिलाका मुद्वामा व्यापक कार्यक्रम गर्नुका साथै प्रचारात्मक कार्यक्रम गरेका छन् । तर सहकारीले जस्तो उनीहरुको कार्यक्रमले जागरण ल्याउनसकेको छैन । सहकारीले जस्तो सशक्तिकरण ल्याउनसकेको छैन । 
सहकारीका कारण खासगरी ग्रामिण भेगका महिला आत्मनिर्भरतर्फ अगाडि लम्केका छन् भने नेतृत्व विकासमा पनि यसले भूमिका खेलेको छ । गाउँमा सम्मानित र आदरका रुपमा चिनिएका छन् । समुदायको सेवामा उनीहरुको क्रियाशिलता निकै देखिएको छ । यसले महिलामा खुसी ल्याएको छ । सहकारीले आत्मसम्मान दिएको छ ।  
गाउँमा अहिले सहकारीबाट ऋण लिएर महिला उद्यम गर्न थालेका छन । लामो समय विदेश बसेका श्रीमान्लाई समेत स्वदेशमै फर्काउन सकेर उद्यमशीलताको विकास गर्नसकेका छन् । सानो लगानीबाट ऋण लिएर करौडौंको मालिक बन्न सकेका उदाहरण प्रशस्त भेट्न्सकिन्छ । त्यसकारण भन्न सकिन्छ सहकारीले सामाजिक उत्थान गरेको छ । 
नेपालको सन्र्दभमा सहकारी अपरिहार्य छ । सहकारी गाउँ गाउँसम्म पुग्न जरुरी छ । समग्र विकासका लागि प्रत्येक टोल टोलमा, प्रत्येक घर घरमा सहकारी पुग्न आवश्यक भइसकेको छ । सहकारीले नै राजनीतिलाई समेत सघाउन सक्छ । सहकारीमा लागेमा मान्छे राजनीतिमा पनि सफलता प्राप्त गर्न सक्छन् । चुनावमा समेत सहकारीको नेटवर्कलाई सही रुपले सदुपयोग गर्नसक्ने हो भने पनि दलले सजिलै सफलता प्राप्त गर्न सक्छन् । 
प्रत्येक नागरिकलाई सम्बोधन गर्न सक्ने माध्यम सहकारी नै हो । अब राज्यले आफ्ना कार्यक्रम सहकारीमार्फत लैजानुपर्छ । सहकारीमार्फत एकीकृत कार्यक्रम लैजान सक्ने हो भने त्यसको प्रत्यक्ष लाभ महिलालाई नै बढी हुने देखिन्छ ।  आधा हिस्सा ओगेटेका महिला सहकारीमा पनि आधाभन्दा बढी हिस्सा नै छन् । त्यतिमात्र होइन पुरुषको तुलनामा महिलाको सहभागिता बढीरहेको छ । 
बित्तीय संस्था  पुग्ननसकेका गाउ ँगाउँसम्म अब सहकारी अभियानकर्ताहरुले सेवा दिइरहेका छन । यस्तोमा महिला वर्ग अधिक छन । महिला सहकारीमा संगठित भएर विभिन्न आयआर्जनका काम गर्न सक्छन् भनने प्रमाणित गरेको छ यस्ता गतिविधिले  । त्यसका लागि सरोकारवाला निकायले पहलसमेत थाल्न आवश्यक छ । त्यस्तै राजनीतिक दलले पनि सहकारीलाई आफ्नो बटम लाइन बनाउन आवश्यक छ । 
सहकारीमार्फत महिला सशक्तिकरण, आर्थिक उपार्जन, गरिबी निवारणका काम गर्न  देखिउ पनि राज्यले सहकारीलाई उचित वातावरण दिन सकेको छैन् । पर्याप्त ऐन, नियम कानून नभएको र सहकारीलाई अंकुश लगाउन खोजिएकाले पनि यस्ता कतिपय संस्थाले गति लिन नसकेको यथार्थता पनि छ  । सहकारीलाई तीन खम्बे अर्थनीतिमा समेत समाविष्ट गरिसकेको अवस्थामा राज्यले बजेट निर्माण गर्ने क्रममा विशेष ध्यान दिन जरुरी छ । सहकारीमार्फत सरकारी कार्यक्रमहरु लैजानसमेत ढिलाई गर्नु हुन्न । यसो हुन सक्यो भने मात्र महिला सशक्तिकरण हुनसक्छ । आर्थिक विकासले गति लिन सक्छ ।  
राष्ट्रिय सहकारी सघले राष्ट्रिय सहकारी दिवसका लागि हरेक वर्ष जस्तै यसपाली पनि नारा तय गरेको छ –‘दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ । महिलाहरुले सशक्त ढंगले सहकारीमा आफ्नो क्षमता प्रदर्शन गर्न पाउने वातावरण बन्यो भने साच्चै नारामा भनिए जस्तै ‘दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ सावित हुनसक्छ । 
 

Comment

Related News