• बुधबार ६-३१-२०७५/Wednesday 10-17-2018

कोरियाली भाषा परीक्षा हुँदै : शनिबार र आइतबार सञ्चालन गरिदै

काठमाडौँ, २५ जेठ  । गणतन्त्र कोरियाका लागि रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षा शनिबार र आइतबार हुने भएको छ । 
परीक्षामा ८२ हजार २६४ परीक्षार्थी सहभागी हुने इपिएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले  सञ्चारकर्मीलाइ जानकारी दिए । परीक्षा लिन कोरियाबाटै ६३ जनाको विज्ञ टोली नेपाल आइसकेका छन् । 
बिहान १० बजेदेखि पहिलो चरण र अपराह्न २ बजेदेखि दोस्रो चरणमा सञ्चालन हुने परीक्षामा परीक्षार्थी तोकिएको समयभन्दा एकघण्टा अगावै उपस्थित नभए परीक्षामा सहभागी हुन नपाइने जानकारी दिए । 
काठमाडौँमा १६, ललितपुरमा आठ र पोखरामा चार परीक्षा केन्द्र रहने छन् । परीक्षाको जिम्मा मात्र भाषा केन्द्रले लिएको छ भने परीक्षापछि उत्तरपुस्तिका कोरियाबाटै जाँच भई छनोटको काम हुनेछ 

 

प्रतिकृया दिनुहोस

महँगियो च्याङ्ग्राको मूल्य : तिब्बतबाट कम आयात

बागलुङ, असोज । यस बर्षको दशैँमा च्याङ्ग्राको भाउ महँगिएको छ । गत वर्षको तुलनामा रु चारहजार बढीमा च्याङ्ग्रा खरीद गरेको यहाँका व्यवसायीले बताएका छन्

ठूला उद्योगी व्यवसायीले नै कर तिरेनन्

विराटनगर । मोरङका ठूला उद्योगी व्यवसायीले ५२ करोड १२ लाख रुपैयाँ कर तिर्न अटेर गर्दै आएको समाचार आजको कान्तिपुरमा छापिएको छ । विराटनगरस्थित आन्तरिक

क्लियरिङ हाउसले २० प्रतिशत लाभांश दिने

  काठमाडौं, असोज । नेपाल क्लियरिङ हाउसले २० प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस शेयर दिने भएको छ। कम्पनीको आज सम्पन्न सातौँ वार्षिक साधारणसभाले