• बिहीबार ७-२९-२०७५/Thursday 11-15-2018

‘केबुल स्टेड ब्रिज’ कर्णाली पुल पाँच तस्वीरमा

बर्दिया ।  कैलाली र बर्दिया जोड्ने ‘कर्णाली पुल’ आन्तरिक तथा वाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रुपमा रहेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न पुगेका पर्यटकहरु कर्णाली पुलको अवलोकनमा पुग्ने गरेका छन् । पर्यटकका लागि अर्को आकर्षण भनेको कर्णालीका ‘असला माछा’ पनि हुन् ।

चिसापानीको यो पुलबाट मन्द गतिमा बगेको कर्णाली र त्यहाँबाट देखिने मनोरम दृश्यले सबैलाई लोभ्याउँछ नै । वि.सं. २०५० सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले समुद्घाटन गर्नुभएको पुलको प्रमुख विशेषता भनेको एक खम्बे पिल्लर हो । जुन एउटै खम्बाले ५ सय मिटर लामो पुललाई धानेको छ ।

नेपाल तथा जापान सरकारको सहयोगमा निर्मित यो पुलको मध्य भागमा भएको लामो पिल्लरको दुबैतिर जडान गरिएका मोटा–मोटा फलामे तारहरुले नै पुललाई थप मजबुत बनाएको छ । त्यसैले यस्तो प्रकारको पुललाई ‘केबुल स्टेड ब्रिज’ भन्ने गरिन्छ ।

सुदूर तथा मध्य पश्चिमका जिल्लाहरुमा जाने सवारी साधन यही बाटो भएर जाने हुँदा पुलमा पुगपछि एक पटक भए पनि कर्णाली पुलको अवलकोन गर्न तथा तस्विर खिचाउन यात्रुलाई बाध्य तुल्याउनु कर्णाली पुलको अर्को विशेषता हो ।

दशैं तिहार तथा चाडपर्वका बेला घुमघामका लागि ‘कर्णाली पुल’ पुग्नेहरुको जमात पनि बाक्लै देखिन्छ । आन्तरिक पर्यटनमा टेवा पु¥याउनका लागि विदेश भन्दा स्वदेशमै रहेका यस्ता पर्यटकीय स्थलहरुको अवलोकन गरे पक्कै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने निश्चित छ ।

प्रतिकृया दिनुहोस

१५ हजार पदमा स्थायी जागिर खुल्दै

काठमाडौं । सरकारी सेवाका विभिन्न रिक्त पदमा १५ हजार पदपूर्तिका लागि विज्ञापन खुलाउने तयारी छ । पदपूर्तिका लागि लोक सेवा आयोगले विज्ञापन खुलाउन

बस दुर्घटना हुँदा १६ जना घाइते

कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोतीमा आज बिहान ३ बजे बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । दाङबाट काठमाडौंका लागि

श्रमिकलाई पेन्सन

काठमाडौं ।श्रम एन लागु भएको संस्थामा कार्यरत श्रमिक तथा योगदानकर्ताले वृद्धावस्थामा निवृत्तिभरण (पेन्सन) पाउने भएका छन् । सामाजिक सुरक्षा योजना