• बिहीबार ७-२९-२०७५/Thursday 11-15-2018

हट्यो कर्फ्यू, जनजीवन सामान्य बन्दै

आज १२ बजेसम्मका लागि हट्यो 


कपिलवस्तु, कात्तिक । दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुँदा कपिलवस्तु प्रशासनले लगाएको कफ्र्यु बिहानदेखि सोमबार दिनको १२ बजेसम्मका लागि हटाएको छ । 
कफ्र्यु हटेसगैँ जिल्लाको जनजीवन सामान्य हुँदै गएको छ । 
शुक्रबारदेखि कृष्णनगर तनावग्रस्त बनेको थियो । विवाद तीन दिनसम्म पनि साम्य नभएपछि स्थिति नियन्त्रणमा लिन आइतबार साँझ ५ बजेबाट अनिश्चितकालीन कफ्र्यु लगाइएको थियो । 
तीन दिनदेखि रोकिएको मूर्ति विर्सजन कार्य कडा सुरक्षाका साथ मूर्ति विर्सजन गरिएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए । 
विगतका दिनमा पनि यस्ता प्रकारका घटना दोहोरिरहेकाले चाडपर्वमा प्रहरी प्रशासन संयमित हुनुपर्ने अधिकारकर्मी रामदयाल ठाकुर बताउँछन् । 
शुक्रबार नै प्रहरीले विगतका घटनालाई अध्ययन गरी अवस्था आँकलन गरेर कडा सुरक्षामा मूर्ति विर्सजन गर्ने वातावरण सिर्जना गरेको भए यस्तो अवस्था सिर्जना नहुने उनको भनाइ छ ।घटनाको अधिकारकर्मीले अनुगमन गरेका छन् ।

प्रतिकृया दिनुहोस

१५ हजार पदमा स्थायी जागिर खुल्दै

काठमाडौं । सरकारी सेवाका विभिन्न रिक्त पदमा १५ हजार पदपूर्तिका लागि विज्ञापन खुलाउने तयारी छ । पदपूर्तिका लागि लोक सेवा आयोगले विज्ञापन खुलाउन

बस दुर्घटना हुँदा १६ जना घाइते

कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोतीमा आज बिहान ३ बजे बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । दाङबाट काठमाडौंका लागि

श्रमिकलाई पेन्सन

काठमाडौं ।श्रम एन लागु भएको संस्थामा कार्यरत श्रमिक तथा योगदानकर्ताले वृद्धावस्थामा निवृत्तिभरण (पेन्सन) पाउने भएका छन् । सामाजिक सुरक्षा योजना