• सोमबार १०-७-२०७५/Monday 01-21-2019

भारतको अरुणाञ्चल उच्च जोखिममा : १८ वर्षपछि त्रास ब्रह्मपुत्रकै

तिब्बतमा सो नदी कृतिम झिल बन्यो



नयाँ दिल्ली, कात्तिक । भूस्खलनका कारण चीनबाट बग्ने ब्रह्मपुत्र नदीको बहाब रोकिएपछि त्यसभन्दा तलका तिब्बती भूमिसँगै भारतको अरुणाञ्चल प्रदेश पनि उच्च जोखिममा परेको छ । भूकम्पका कारण गएको पहिरोको समयमा नै व्यवस्थापन गर्न नसक्दा जोखिम चुलिँदो छ भने नदी आसपासका वासिन्दाहरु उच्च त्रासमा परेका छन् । 
चीनमा आएको प्राकृतिक आपतका कारण भारतमा खतरा पैदा भएपछि विशेषगरी अरुणाञ्चलमा हाई अलर्ट जारी गरिएको भारतीय सुरक्षा अधिकारीहरुले जनाएका छन् । 

सो भू स्खलनपछि तिब्बतमा रहेको सो नदीमा एक कृतिम झिल बनेको छ । चिनियाँ इमर्जेन्सी सर्विसेज सेन्टरलाई उदृत गर्दै चिनियाँ सञ्चारमाध्यमहरुले बताए अनुसार भूस्खलनबाट करीब ६ हजार जनालाई सुरक्षित रुपमा उद्दार गरिसकिएको छ । अहिलेसम्म यसबाट घाईते भएकाहरुको यकीन जानकारी नआएको पनि चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुका अनुसार चीनले यो खतराको विषयमा निरन्तर भारतलाई जानकारी दिईरहेको छ । 

पटक पटकको समस्या उस्तै :

यस्तै समस्या धेरै वर्ष पहिले पनि पटक पटक चीनमा दोहोरिँदै आएको छ । यस अघि पनि ब्रह्मपुत्र नदी थुनिएर भारतमा खतरा बढ्दैजाँदा चीनले असुरक्षित रुपमा उक्त कृतिम ताल फुटाएकोले आफूहरुले गम्भीर घाटा बेहोर्नु परेको आरोप भारतले पटक पटक लगाउँदै आएको छ । अहिले भने चीनले नदीको बहाब बदल्ने प्रयास गरिरहेको जानकारी भारतलाई दिएको भारतीय अधिकारीहरुले जनाएका छन् । तर, सम्भावित खतराग्रस्त क्षेत्रमा यस विषयमा हाई अलर्ट भने जारी गरिएको उनीहरुले जनाएका छन् । 

प्रतिपक्षी काँग्रेस सांसद्को सरकारलाई पत्र 


यसैबीच अरुणाञ्चलमा हाई अलर्ट जारी गरिएसँगै अरुणाञ्चलबाट काँग्रेसका सांसद् निनोङ्एले चिठ्ठी लेख्दै विदेश मन्त्री सुस्मा स्वराज तथा जल संसाधन राज्यमन्त्री अर्जुन मेघवाललाई यो मामलामा हस्तक्षेप गरी सुरक्षित रुपमा पानीको बहाब निकास गर्ने व्यवस्था गर्न माग गरेका छन् । उनले यस अघिको जस्तो अरुणाञ्चल डुब्न नदिई तत्काल समस्या समाधान गर्न पनि माग गरेका छन् । उनका अनुसार १६ अक्टोबरमा आएको सो भूस्खलनको कारण ब्रह्मपुत्रको फ्लो ब्लकेज मिलिन सेक्सनसम्म आईपुगेको जानकारी चीनले भारतलाई दिएको छ । 

४० मिटर गईराईमा पानी 
नदीको बहाब रोकिए पछि नदीको किनारमा ४० मिटर माथिसम्म पानीको मात्रा बढेको छ । यो खतराको उच्च विन्दू रहेको पनि चीनले जनाएको छ । यही अवस्थामा यदी ब्रह्मपुत्र नदीको बहाब फुट्यो भने आधा भन्दा बढी अरुणाञ्चलको क्षेत्र डुवानमा पर्ने आकलन भारत सरकारको छ । यस्तै समस्या सिर्जना भएपछि अहिले अरुणाचलको ईस्ट सियांग जिल्ला प्रशासन कार्यालयले  नदीको किनार आसपास बसोबास नगर्न चेतावनी दिएको छ । 

यस्तै प्रकृतिको समस्या २००० सालमा पनि यही ब्रह्मपुत्र नदीमा देखिएको थियो । सो समय एकै पटक चीनले पानीको बहाब खोलीदिएको आरोप भारतले लगाएको थियो भने सो समय अरुणाञ्चलका धेरै क्षेत्रहरुमा ठूलो धनराशीको क्षति भएको थियो ।
 

प्रतिकृया दिनुहोस

‘म नपुंसक हुँ तर मेरा तीन सन्तान छन्’

एजेन्सी ।  यो कहानी ब्रिटेनमा बस्ने एक यस्ता व्यक्तिको हो जो एक सफल व्यवसायी हुन् । उनी तीन सन्तानका पिता हुन् जसमध्ये दुई जुम्ल्याहा छोराको उमेर १९

मेक्सिकोको पाइपलाइन विस्फोटमा ज्यान गुमाउनेको संख्या ६६ पुग्यो

एजेन्सी । मेक्सिकोको मध्य क्षेत्रमा शुक्रबार विस्फोट भएको पाइपलाइन विस्फोटमा परी मृत्युु हुनेको सङ्ख्या ६६ पुगेको छ। घटनास्थलबाट ट्वीटमा उक्त

अत्यधिक हिमपातका कारण १८ को मृत्यु

भियना । अत्यधिक हिमपातका कारण अष्ट्रियामा दुई हप्तामा १८ जनाको मृत्यु भएको छ । अहिलेसम्म सबैभन्दा पछाडि मृत्यु हुनेमा ५४ र ५८ वर्षका दुई जना पुरुष