• सोमबार १०-७-२०७५/Monday 01-21-2019

आज टीकाको शुभसाइत ०९ : ५१ मा

'ठूलाबडा एवम् मान्यजनबाट टीका र जमरा लगाइँदै'


काठमाडौं, कात्तिक । आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ। दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र एवम् मान्यजनबाट टीका र जमरा लगाइँदैछ।

 

आज विजयादशमीको टीकाको शुभसाइत बिहान ०९ : ५१ बजेदेखि जुरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। मीठो खाने, राम्रो लगाउने तथा पारिवारिक भेटघाट गरिने र स्नेह एवम् सद्भाव अभिवृद्धि गर्ने पर्वका रुपमा दशदिनसम्म मनाइने यो बडादशैँ पर्व धार्मिकमात्र नभएर सामाजिक–सांस्कृतिक पर्वका रुपमा समेत महत्वपूर्ण मानिन्छ ।

 

असत्यमाथि सत्यको विजयका रुपमा मनाइने यो पर्व मर्यादापुरुषोत्तम श्रीरामले आसुरी शक्तिको प्रतीक रावणमाथि विजय प्राप्त गरेको अथवा शक्तिस्वरुपा देवी भगवतीले महिषासुर दैत्यको वध गरी विजयश्री प्राप्त गरेको पुनीत सम्झनामा मनाउने गरिन्छ । कृषिका औजार अन्नबालीको पूजा गर्ने परम्पराका रूपमा पनि दशैँलाई लिइन्छ ।

राम्रा राम्रा पोशाकमा सजिएका, निधारभरि दही अक्षताका राता टीका लगाएर शिरमा जमरा सिउरेका, मान्यजनबाट टीका थाप्न जानेहरुको आज विशेष चहलपहल देखिन्छ। स्वदेश वा विदेशमा रहेका नेपालीहरु आजको दिन सपरिवार एकत्रित भई विजयादशमीको टीका, जमरा लगाएर आपसमा शुभकामना आदानप्रदान गर्दछन्।

प्रतिकृया दिनुहोस

संवैधानिक परिषद् : पाँच आयोगका अध्यक्ष सिफारिस गर्‍यो

  काठमाडौं । संवैधानिक परिषद्ले पाँच आयोगका अध्यक्षहरूको नाम सिफारिस गरेको छ। आइतबार बसेको परिषद्को बैठकले पाँच जनाको नाम सिफारिस गरेको

डाभोस बैठक : "विश्व आर्थिक मञ्चमा नेपालको प्रवेश"

  काठमाडौँ, माघ  । प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्चको ४९ औं बार्षिक बैठकमा भाग लिन नेपालको नेतृत्व गर्दै आइतबार स्वीजरल्याण्डको

शिक्षा तथा स्वास्थ्य समितिले अदालतको निर्णयको मजाक : नेक निजी रहेको अदालतको ठहर

  भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज विवाद अध्ययनका लागि बनेको संसदिय उपसमितिको प्रतिवेदन निस्कर्षविहिन देखिएको छ । कुनै पनि तथ्य प्राप्तीको लागि