• बिहीबार ७-२९-२०७५/Thursday 11-15-2018

के रहेछ पशुबलि र मान्छे पोलेको गन्ध किन सुँघ्ने रहेछन् पशुपतिनाथ ?

‘दशैँ नमान्नेले नमानिराखुन्, विरोध गर्न पाइँदैन : क्रिश्चियनले ‘बलि दिँदा किन उठ्दैन कुरा ??’


काठमाडौं, कात्तिक । बडादशैँ भन्ने वित्तिकै पशुबलिको प्रश्न सबैभन्दा पहिले उठ्छ । अहिंसावादीहरु विभिन्न शक्तिपीठहरुमा पशुबलि दिने प्रचलनको विरोध गर्दै आएका छन् । पशुबलिको विरोधमा कयौँ अभियानसमेत चलेका छन् । 
धर्म तथा संस्कृतिविद डां गोविन्द टण्डनका अनुसार पहिले काठमाडौँको भद्रकाली मन्दिरमै नवरात्रभर १५–२६ हजार बलि दिने गरिएकोमा अहिले त्यो निकै न्यून भइसकेको छ ।उनले पशुबलि निषेध चेतना अभियान नै चलाए ।

उनका अनुसार,

अरुलाई दुःख, कष्ट, नदिनु नै धर्म हो, बलि दिएर देवी देउता कहिल्यै खुसी हुँदैनन् । उनले २०६९ साल कार्तिक १ गतेको गोरखापत्रमा प्रकाशित लेखमा ‘संसारमा रहेका कुनै पनि धर्मका मूलग्रन्थहरुको सूक्ष्म अध्ययन, अवलोकन र निदिध्यासन गर्ने हो भने तिनले सबै प्राणीमाथि दया, करुणा, मायाकै लागि सदा प्रेरित गरिरहेको पाइन्छ । 

पछि गएर चाहिँ आआफ्नो स्वार्थ र चाहना अनुसार तिनको व्याख्यालाई आफ्नो अनुकूलको बनाउने प्रयासले अनेकन् भ्रम र अपव्याख्या गरिएको देखिन्छ । 
यो कुनै निश्चित धर्मको धर्मग्रन्थमा मात्र होला भन्ने होइन, अधिकांश धर्मग्रन्थमा यस्तै गरिएको छ, यस्तै भएको छ ।  शास्त्रको नाम दिएर धूर्त पाखण्डीहरुले आफू अनुकूलका व्याख्या गरेर शास्त्रलाई दुषित बनाएका छन्’ भनि लेखेका छन् । 

उनले त्यो आलेखमा बलिबारे शास्त्रमा भएका कुराहरु उल्लेख गर्दै ‘कसैलाई मार्नु काट्नु हिंसा गर्नु धर्म हुने हो भने अधर्म भनेको चाहिँ के हुने होला ? पाप भनेको के होला ?’ भनेका छन् । उनले दशैँको प्रसंग शिव पार्वतीको प्रेमसँग जोडेका छन् । तर, तिनै अभियन्ता टण्डन पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव भएर लामो समय बस्दा पशुपतिनाथले किन मान्छे पोलेको गन्ध सुँघ्छन् भन्नेबारे केही उल्लेख गरेनन् । 
टण्डनको कुरा खण्डन हुनेगरी संस्कृतिविद जगमान गुरुङले पशुबलि मात्र नभई नरबलिको समेत तथ्य खोलिदिएका छन् । उनले बडा दशैँलाई शक्ति उपासनाको पर्व हो, भनेका छन् । पशुबलिबारे गुरुङले हामीसँगको संवादमा बोलेका तत्थ्यहरु जस्ताको त्यस्तै उतारेका छौँ ।

 

बलि चढाउने र नचढाउने कुरामा मान्छेहरु विभाजित छन्, के प्राकृतिक नै हो त बलि ? 


बलि दिने कुरा आदिम हो । आदिम कस्तोभन्दा, मानिसले गाईलाई पालेर गाईको दुध खान सिके । त्यो बेला दुध मात्रै खाए । तर, पछि दुध जमाएपछि दही हुँदो रहेछ भन्ने थाहा पाए । दही मथेपछि नौनी हुँदो रहेछ, त्यो पनि जाने । 
नौनी घिउलाई पगालेपछि १२ वर्षसम्म राख्न हुने कनिका परेको घिउ हुँदोरहेछ, भन्ने थाहा पाए । दुध खानुभन्दा पहिले त काटेर मासु नै खाएको थियो । 
रगतै खाएको थियो । उहिले वैदिक कालमा हजारौँ हजार पशुको बलि हुन्थ्यो । गोवेद गाई काट्ने, नरवेद मान्छे काट्ने । नरवेद कसलाई काट्ने त ? 
गुरुङ, मगर राई लिम्बुलाई काटेको छ र ? दलितलाई काटेको छ ? क्षेत्रीलाई काटेको छ ?,, ‘बाहुनलाई’ । त्यो पनि विवाह नभएको कुमार । ब्रतबन्ध भएको, विवाह नभएको केटो । किन भने, बोका काट्ने कि पाठो काट्ने त ? बोकाको त वीर्य स्खलन भएको हुन्छ । 
पाठोको विर्य बनेको हुन्छ । विर्य स्खलन भएको हुँदैन । अनि ब्राह्मण, क्षेत्री, वैश्य, शुद्र चार वर्णमा बरिएको ब्राह्मण । त्यो कुमार, त्यसको विर्य स्खलन भएको हुँदैन । त्यो चोखो भयो, एउटा पाठोको रुपमा । ब्राह्मण केटोलाई बलि दिईन्थ्यो । त्यो नरवेद, त्यस्तो किसिमको कुरा थियो पहिले । 
यो गर्दा गर्दा अहिले पञ्चबलिमा आयो । फेरि बिचमा आएपछि यो बलि त सोभयमान भएन भनेर यसको प्रतिकहरुको पनि पूजा गर्न थालियो । बलि दिन थालियो । जस्तै, राँगाको सट्टा कुष्माण्डा बलि । 
कुष्माण्डा बलि भनेको कुभिण्डोको बलि । अब तन्त्रको भाषा बुझ्नु पर्दछ । मैले महामाशं, महारक्त भनेको थिए । केहीले कोट गरेको रहेछ । महामाशं भनेको के त रु मान्छेको मासु १ महारक्त भनेको मान्छेको रगत हो । कतिपय ठाउँमा नरबलि दिनु पर्ने । नरधूप दिनुपर्ने । 
पशुपतिनाथ मन्दिर जानलाई छालाको जुत्ता त परै जाओस् । छालाको पेटी पनि लगाउन दिँदैन । तर, त्यहाँ दिनमा एउटा मान्छे जलेको हुनुपर्छ । जलेको गन्ध पशुपतिनाथले सुँघ्नु पर्दछ । त्यो नरधूप भयो ।
कतिपय ठाउँमा नरबलि दिने, १२ वर्षमा एक पटक र त्यसको मासु सुकुटी बनाएर राख्ने र दिनदिनै त्यो सुकुटीको धूप दिन पर्ने । तर, त्यो सम्भव भएन । 
सम्भव नभएपछि नरधूपको सट्टा के धूप दिने भनेर सस्र्यू । सस्र्यूको त्यो गन्ध र मान्छे पोलेको गन्ध एउटै हुन्छ । अनि सर्सपः भनियो ।  सर्सपः भनेको संस्कृतमा सस्र्यूको धूप हाल्ने भन्ने हो । त्यो नरधूप सरहको भयो । त्यसको अनुकल्प, त्यसरी पनि विकास भएको छ । नभएको होईन । अहिलेको एनिमल राईट्स ‘पशु अधिकार’ भन्नु भन्दा पहिले पनि त्यसको विकल्प आइसकेको थियो । 

विकल्प पहिले नै थियो भने, अहिले मान्छे किन विभाजित  :


यसमा कुरा के हो भन्दा , दशैँ मान्नैपर्छ भन्ने केही पनि छैन । नमान्नेले नमानिराखुन् । तर, नमान्नेहरुले चुपचाप बस्नुपर्छ । दशैँको विरोध गर्नु हुँदैन । मान्नेले मान्छन् । 
ईद मान्न हुँदैन भनेर कसैले विरोध गर्छ र ? मान्नेले मानिरहेकै छन् । ईदमा पनि बकरईद भन्ने हुन्छ । बाख्रा काट्ने । नामै बकरईद । मुसलमानको ठूलो चाडमा उँट काटिन्छ । नेपालमा उँट पाइन्छ ? भारतमा पनि पाइँदैन । उ....अरबबाट उँट ल्याएर नेपालका मुसमानले उँट काट्छन् । उँटको मासु खान्छन् । आफ्नो आँगनमा उँट काटेर खान पाएपछि एकदम वैभवशाली मुसलमान ठहरिने, त्यो अचम्म होईन ? अनि, कुखुरालाई मुर्गा भनिन्छ नि ?  हिन्दीमा । मुर्गा मध्येमा सबैभन्दा ठूलो सुदूरमुर्गा । अंग्रेजिमा त्यसलाई कर्किज भन्छन् । 
अनि क्रिश्चियनहरुको टर्किज सुदूरमुर्गा काटेर भोज खाने । जसले जति धेरै टर्किज काट्न सक्यो, त्यो वैभवशाली क्रिश्चियन ठहरियो । क्रिश्चियानिटीमा के बलि छैन र ? इस्लाममा बलि छैन ? छ । अनि हाम्रो बलिलाई चाँही अगाडि राखेर हिन्दुको बलिको विरोध गर्ने ? त्यसकारण मैले अघि नै भने, दशैँ नमान्नेले नमानिराखुन् । 
तर, दशैँ नमान्नेहरुले दशैँको विरोध गर्न हुँदैन । मान्नेहरुलाई मान्न दिनु पर्दछ । र, कसैले बलि दिएर दशैँ मान्छ भने, उसको ईच्छा हो, मान्न दिनुपर्दछ । होइन म दशैँ मान्छु , बलि दिन्न भन्छ भने कुष्माण्डा बलि देओस् । खिर पकाएर खिरको हवन गरोस् । 

के बलि पूजामा शक्ति छ ? 

बलि पूजामा शक्ति भए नभएको कुरा अहिले २०७५ साल भयो । अब अर्को वर्ष २०७६ को फागुनमा बाराको गढीमाईमा पूजा हुन्छ । मेला लाग्छ । ५–५ वर्षमा त्यो पूजा हुन्छ । विश्वमा सबैभन्दा बढी पशु बलि हुने ठाउँ बाराको गढीमाई म १९ वर्ष अगाडि गएको छुँ । अर्को साल २० वर्ष हुन्छ । अर्को साल म जाँदा चौथो पूजा हुन्छ । घाटमा राँगाको बलि हुन्छ । कति हो, कति । १९ वर्ष अगाडि म त्यहाँ किन गए रु मैले के सुने भन्दा, बलि दिएको ठाउँमा चिल र गिद्ध त परै जाओस् । झिँगा पनि आउँदैन, भनेर । म एक हप्ता बसेको छुँ त्यहाँ । गढीमाई भनेको काली हो । कालीको श्रद्धाभक्तिभन्दा पनि झिँगा आउँदैन भनेर अचम्म लाग्यो र म गएँ । रातिको ३ बजेदेखि त्यहाँ बलि सुरु हुन्छ । त्यसको भोलिपल्ट गएँ साढे ९ बजे । घाटमा । मासु लुटान भइसकेछ । पैँसा तिर्नु परेन । के रहन्थ्यो र रु हाडखोड मात्रै त्यहाँ छ, लादी त्यहाँ छ । छाला ठेकेदारले लिने । दुर्गन्ध । रुमालले नाक छोप्नु परेको छ । तर, एउटा काग, चिल, गिद्ध त परै जाओस् । एउटा हरियो ‘माँखो’ झिँगा पनि देखिन । त्यो देख्ने मान्छे मै हुँ । बलिमा शक्ति छैन भन्नेहरु अर्कोसाल गए हुन्छ, गढीमाई । मधेसमा एक थोपा चिया पोखिँदा त झिँगा भन्किन्छ । फागुनमा गढीमाईको त्यस्तो दुर्गन्धमा किन झिँगा आएन । विश्वको एनिमल राइट्सका पक्षपातीहरु, बलिका विरोधीहरु अर्को सालको गढीमाईमा आउन् न हेर्न । अनि बलिमा के शक्ति छ भन्ने कुरा त्यहाँ देखिन्छ । कसैले बलि दिन्छ भने, त बलि दिन पाउन्नस् भनेर हत्कडी लगाउन पाइँदैन । आफ्नो खुसीको कुरा हो । किन भने, नेपालमा लोकतान्त्रिक गणतन्त्र आाएको छ, धर्म निरपेक्षता घोषणा भएको छ । धर्मनिरपेक्षता भनेको के रु संघीय लोकतान्त्रिक गणतन्त्र भनेको के ? त्यो बुझ्न परेन । राजनीति मात्रै बुझ्ने हैन । कुनै व्यक्ति वा समुदाय कसैको हप्की दप्की र खप्कीमा बस्न नपरोस् । जातीय दलन र सांस्कृतिक दबाबमा कोही बस्न नपरोस् । स्वतन्त्रपूर्वक आफ्नो धर्म, संस्कार, संस्कृति, भाषा अपनाउन पाउन् भनेर गरिएको व्यवस्था हो, अहिलेको व्यवस्था । 

साभार :  हाम्राकुरा डट कम

प्रतिकृया दिनुहोस

देशभर जाडो बढ्यो : 'वर्षा र हिमपातको सम्भावना बढ्यो '

काठमाडौँ, कात्तिक । मुलुकका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा क्षणिक वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

"सबै सचिवले सफ्टवेयरमा कार्यप्रगति विवरण राख्ने गर्छन् "

काठमाडौँ, कात्तिक  ।  विभिन्न मन्त्रालयको कामको प्रगति विवरण अनलाइनमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले अनुगमन गरिरहेका छन् । उनले आफ्नै

तीन तीन देशमा राजदूत सिफारिस : भारतका लागि नीलाम्बर आचार्य

काठमाडौं, कात्तिक  । सरकारले तीन देशका लागि राजदूत सिफारिस गरेको छ । लामो समयदेखि खाली रहेको भारतको लागि राजदूतमा पूर्वमन्त्री एवं संविधानविद्