• बिहीबार ७-२९-२०७५/Thursday 11-15-2018

"सुरक्षाको विषयमा प्रदेशले सङ्घसँग समन्वय गर्नुपर्छ"

परराष्ट्र, अर्थ र सुरक्षा जटिल विषय हुन



विराटनगर, असोज ।  सुरक्षा संवेदनशील विषय भएकाले प्रदेश सरकारले सङ्घीय सरकारसँगको समन्वयमा कानून निर्माण गर्नुपर्ने नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले बताएका छन । 
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले परराष्ट्र, अर्थ र सुरक्षाजस्ता विषयमा प्रदेश सरकारले केन्द्रसँग समन्वय गर्नु नै राम्रो हुने प्रष्ट पार्नुभयो । पूर्वउपप्रधानमन्त्री गच्छदारले प्रदेशको आन्तरिक सुरक्षाका लागि कानूनसम्मत ढङ्गले प्रदेश सरकार अगाडि बढ्नुुपर्नेमा जोड दिनुभयो । 

काङ्ग्रेस विजयी भएको स्थानीय निकायमा सङ्घीय सरकारले बजेट कटौती गरी भेदभाव गरेको आरोप लगाउँदै उहाँले यसबाट स्थानीय सरकारले स्वायत्त तथा आत्मनिर्भर भएर जनताको विकासको चाहना पूरा गर्न नसकेको धारणा व्यक्त गर्नुभयो । 

उहाँले भारतसँगको थप चार हवाई मार्ग प्राप्त गर्ने सहमति कार्यान्वयन हुन नसकेमा सरकारको असफलता हुने बताउनुभयो । महँगी वृद्धि र जनतामा कर भार थपिएकामा, दिन प्रतिदिन शान्तिसुरक्षाको अवस्था बिगँ्रदो भएकामा तथा करणी र हत्याका घटना वृद्धि भएकामा चिन्ता व्यक्त गर्नुभयो । 
––– 

प्रतिकृया दिनुहोस

कांग्रेस महासमिति बैठक सर्ने निश्चित

काठमाडौं ।  नेपाली कांग्रेसको महासमिति बैठक पुनः सर्ने देखिएको छ। यसअघि मंसिर पहिलोे साता बस्ने भनिएको बैठक आवश्यक तयारी नपुगेको भन्दै मंसिर २८

नेपाली सेना भित्र नक्कली सर्टिफिकेटको विगविगी

काठमाडौं ।  सेनामा नक्कली प्रमाणपत्र पेश गरेर लामो समय जागिर खाएको गुनासो आएपछि केहि दिन अघि मात्र सैनिक मुख्यालयले आफ्ना सबै अधिकृतहरुको शैक्षिक

प्रचण्ड–बादलसँग सहिद परिवारका गुनासा

म्याग्दी — १० वर्षे जनयुद्धका क्रममा पति र छोरी गुमाएकी मंगला गाउँपालिका–२ सिमलचौरकी गुमाकुमारी खड्काले मंगलबार पहिलोपटक प्रचण्ड र रामबहादुर