• सोमबार १०-७-२०७५/Monday 01-21-2019

टुँडिखेलमा फूलपाती बढाइँ : विधिपूर्वक दुर्गाको आह्वान

शास्त्रीय विधिअनुसार शक्तिको आराधना


काठमाडौँ, असोज । सैनिक मञ्च टुँडिखेलमा आज बडादशैँको सातौँ दिन फूलपाती बढाइँ गरिएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा गरिएको बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोपका साथ मार्चपास्ट गरेका थिए ।  सेनाको टोलीबाट इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपास्टसहितको बढाइँ र षट्कोण चिह्नबाट बढाइँ प्रस्तुत गरिएको थियो । 


समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष , उपप्रधानमन्त्री एवं रक्षामन्त्री, गृहमन्त्रीलगायत मन्त्री, सांसद, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा विभिन्न पेशा व्यवसायका प्रतिनिधिको सहभागिता थियो । 

कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिलाई प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले स्वागत गरका थिए ।  
फूलपातीका दिन सैनिक मञ्चमा बढाइँ गर्ने परम्परा रहिआएको छ । बढाइँअघि राष्ट्रपतिको स्वागतमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । 

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । 
नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि छ । 
 

प्रतिकृया दिनुहोस

४० किलो चरेससहित २ भारतीय नागरिक प्रकाउ

कपिलवस्तु ।  कपिलवस्तु प्रहरीले ठुलो परिमाणमा चरेससहित २ जना भारतीय नागरिक  प्रकाउ  गरेको छ । आइतबार विहान विषेश सुराकीको आधारमा कृष्णनगर नाका

दुई थान भरुवा बन्दुकसहित १ जना पक्राउ 

काठमाडौं– जिल्ला प्रहरी कार्यालय दाङले २ थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। शनिबार साँझ दाङको शान्तिनगर गाउँपालिका–४ जुम्लेकुलाका

सीता दाहाल अस्पताल भर्ना

काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् । केही दिनयता ज्वरो र खोकीले ग्रस्त भएकी उनको स्वास्थ्यमा