• आइतबार ७-४-२०७५/Sunday 10-21-2018

चीनको अमेरिकासँगको व्यापार नाफा अहिलेसम्मकै उच्च 

सेप्टेम्बरमा ३४ अर्ब १३ करोड डलर 

काठमाडौं, असोज । चीनको अमेरिकासँगको व्यापार नाफा गत सेप्टेम्बर महिनामा अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । चीनको भन्सार विभागले दिएको जानकारी अनुसार सेप्टेम्बर महिनाको लागि चीनको अमेरिकासँगको व्यापार नाफा ३४अर्ब १३ करोड डलरमा रहेको देखिएको हो । 
गत अगष्ट महिनामा ३१ अर्ब पाँच करोड डलरमा रहेको व्यापार नाफामा सेप्टेम्बर महिनामा भने उल्लेख्य वृद्धि भएको देखिएको हो । 
यस वर्षको जनवरीदेखि सेप्टेम्बर महिनासम्मको अवधिमा चीनको अमेरिकासँगको व्यापारनाफा दुईखर्ब २५ अर्ब डलरमा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो नतिजा एक खर्ब ९६ अर्ब डलरमा रहेको थियो ।
अमेरिकाको लागि चीनसँगको व्यापार घाटा सबैभन्दा ठूलो टाउको दुखाइको विषय बन्दै आएको छ । व्यापार घाटाको कारण अमेरिका र चीनको बीचमा व्यापारिक तनावको स्थिति आएको छ । 
अमेरिकाले चीनसँगको व्यापार घाटाबाट पार पाउनका लागि चीनबाट आउने सामग्रीहरुमा कर बढाएसँगै उनीहरुको बीचमा व्यापारयुद्ध सुरु भएको हो । 
स्रोत : विभिन्न एजेन्सी

प्रतिकृया दिनुहोस

नाइजेरियामा हिंसा भड्कियो : ५५ भन्दा बढीको मृत्यु

काठमाडौं, कात्तिक । नाइजेरियाको काडुना राज्यको एक बजारमा भड्किएको हिंसामा परी ५५ भन्दा बढीको ज्यान गएको छ ।  दुई समुदायको बीचमा देखिएको विवादपछि

भारतको अरुणाञ्चल उच्च जोखिममा : १८ वर्षपछि त्रास ब्रह्मपुत्रकै

नयाँ दिल्ली, कात्तिक । भूस्खलनका कारण चीनबाट बग्ने ब्रह्मपुत्र नदीको बहाब रोकिएपछि त्यसभन्दा तलका तिब्बती भूमिसँगै भारतको अरुणाञ्चल प्रदेश पनि

साउदीले भन्यो : " पत्रकार खाशोग्गीको मृत्यु भयो"

काठमाडौं, कात्तिक। साउदी अरेबियाले पत्रकार जमाल खशोग्गीको मृत्यु भइसकेको पुष्टि गरेको छ। यसअघि उनको मृत्युभएको अस्वीकार गर्दै आएको साउदीले