• बुधबार ८-२६-२०७५/Wednesday 12-12-2018

"फोरमको समायोजन गरेपछि कांग्रेसभित्रको गुट उपगुट सकिन्छ"

दशैँपछिको बैठकले लोकतान्त्रिक फोरमको समायोजन


विराटनगर, असोज । कांग्रेसभित्रको गुटउपगुट सिध्याउन फोरमको समायोजन गरेको  नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले बताएका छन् । 
विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै गच्छदारले नेपाली कांग्रेसभित्र रहेको गुट उपगुट समाप्त गरी एकता कायम गराउन नै नेपाल लोकतान्त्रिक फोरमले समायोजन गरेको विचार व्यक्त गरेका छन् ।
नेता गच्छदारले कांग्रेसको आन्तरिक विवादको कारण बस्न नसकेको केन्द्रीय समितिका कारण नेपाल लोकतान्त्रिक फोरमको समायोजन रोकिएको बताउँदै दशैँपछि बस्ने समितिको पहिलो बैठकको कार्यसूची नै लोकतान्त्रिक फोरमको समायोजनको निर्णय हुने जानकारी दिए ।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता गच्छदारले राष्ट्र विखण्डनको कुरा उठाउने जो कोहीलाई पनि कारवाही गर्नुपर्ने बताए।  मुलुकलाई खण्डित बनाई रज्य विद्रोहको कुरा गरी राष्ट्रिय एकतामा खलल पुर्‍याउनेलाई कारबाही गर्नु सरकारको दायित्व रहेको प्रष्ट पारे।
उनले  संविधान कुनै धार्मिकग्रन्थ नभएको बताउँदै जनताबाट निर्मित वर्तमान संविधानलाई पूर्णता दिन समयानुसार संशोधन गर्नुपर्ने धारणा व्यक्त गरे ।
नेता गच्छदारले रेशम चौधरी अन्यायमा परेको र अदालतबाट छिट्टै मुद्दा फैसला भई सबै कुरा समाधान हुने विश्वास व्यक्त गरे । 
उनले विगतको निर्वाचनमा कांग्रेसको पराजयको भागीदारी सभापतिसहित सम्पूर्ण केन्द्रीय समिति रहेको बताउँदै एक जनालाई मात्र दोषी ठहर्‍याउनु गलत भएको विचार व्यक्त गरे। 

प्रतिकृया दिनुहोस

'पास गर्‍यो कांग्रेसको आर्थिक नीति'

काठमाडौं, मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले  सहमहामन्त्री डा. प्रकाशशरण महत संयोजक रहेको समग्र आर्थिक नीति प्रस्ताव

कांग्रेसभित्र गुटबन्दी, पौडेल पक्षको छुट्टै भेला

काठमाडौँ – पार्टीको सबैभन्दा माथिल्लो निकायका रुपमा रहेको महासमिति बैठक नजिकिएसँगै विधानको विषयलाई लिएर नेपाली कांग्रेसभित्र गुटगत भेला तीव्र

नक्सा बिर्सिदा दुबई–काठमाडौँ उडान चार घन्टा ढिलो

काठमाडौँ – नेपाल वायु सेवा निगमको आइतबार बिहानको दुबई–काठमाडौँ उडान चार घन्टा ढिलो हुँदा राष्ट्रिय ध्वजावाहकप्रति आत्मीयता राख्ने यात्रुकै