• बुधबार ८-२६-२०७५/Wednesday 12-12-2018

"सरकार असफल बनाउने षड्यन्त्र भैरहेको छ "

काठमाडौँकf बाटा केही महिनामा कालोपत्रे


ललितपुर, असोज । सरकारलाई  देशभित्र र बाहिर रहेका प्रतिक्रियावादी शक्तिले असफल बनाउने षड्यन्त्र गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लेआरोप लगाएका छन्  ।
नेकपा ललितपुरले दशैँ, तिहार तथा छठका उपलक्ष्यमा शुभकामना दिन शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले दुई पार्टीबीच एकता भएपछि नेकपा बलियो भएको र यस अवधिमा धेरै ऐतिहासिक काम भएको चर्चा गरे ।
उनले जनताको हितमा काम गर्न आफू र प्रधानमन्त्रीबीच पटक पटक समीक्षा भएको जनाए। 
अर्को प्रसङ्गमा काठमाडौँको सबै बाटा केही महिनामा कालोपत्रे भइसक्ने र यसका लागि सरकार लागि रहेको उल्लेख गरे ।अध्यक्ष दाहालले नेपाल र भारतबीच बाटो र बाँधको समस्या समाधान गर्न दुवै देशका प्रतिनिधि थलोमा गएर काम गर्ने समझदारी भएको बताए ।
नेकपाका केन्द्रीय सदस्य सुशीला नेपालले नेपालको विकासका लागि कम्युनिष्ट पार्टी सफल हुनुपर्ने धारणा राखे।

नेकपा ललितपुरका अध्यक्ष हरिकृष्ण ब्यन्जनकारले सरकारलाई असफल बनाउने प्रयास भइरहेकाले सजग हुनुपर्ने बताए । 

प्रतिकृया दिनुहोस

'पास गर्‍यो कांग्रेसको आर्थिक नीति'

काठमाडौं, मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले  सहमहामन्त्री डा. प्रकाशशरण महत संयोजक रहेको समग्र आर्थिक नीति प्रस्ताव

कांग्रेसभित्र गुटबन्दी, पौडेल पक्षको छुट्टै भेला

काठमाडौँ – पार्टीको सबैभन्दा माथिल्लो निकायका रुपमा रहेको महासमिति बैठक नजिकिएसँगै विधानको विषयलाई लिएर नेपाली कांग्रेसभित्र गुटगत भेला तीव्र

नक्सा बिर्सिदा दुबई–काठमाडौँ उडान चार घन्टा ढिलो

काठमाडौँ – नेपाल वायु सेवा निगमको आइतबार बिहानको दुबई–काठमाडौँ उडान चार घन्टा ढिलो हुँदा राष्ट्रिय ध्वजावाहकप्रति आत्मीयता राख्ने यात्रुकै