• सोमबार ८-२४-२०७५/Monday 12-10-2018

जन्मदिनमा बोलाएर बलात्कार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा बालिका सामूहिक बलात्कारमा परेकी छिन् । साथीको जन्मदिनमा जाँदा १३ वर्षीया बालिका बलात्कृत भएकी हुन् । जन्मदिनमा बोलाएकी साथीकै सहयोगमा बलात्कार भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । 
प्रहरीले बलात्कार आरोपमा पीडितकी साथीलगायत तीन जनालाई नियन्त्रणमा लिएको छ । पथरीशनिश्चरेमा अरूको संरक्षणमा बस्दै आएकी बालिकालाई मंगलबार साथीले जन्मदिनको अवसरमा बोलाएको प्रहरी निरीक्षक कमल बजगाईंले बताए ।
‘कक्षा ६ मा अध्ययनरत बालिका साथीको जन्मदिन मनाउन उनको घर पुगेपछि गाउँबाट टाढा जंगलमा रहेको मन्दिरमा पूजा गर्न भन्दै लगिएको थियो,’ उनले भने, ‘मन्दिरमा पूजा गरी जन्मदिन मनाउने क्रममा बालिकालाई घरेलु मदिरा खुवाएर दुई जनाले रातभर बलात्कार गरेको भनेर संरक्षकले जाहेरी दिएका छन् ।’
बलात्कार आरोपमा पीडितकी साथी १५ वर्षीया बालिका, पथरीशनिश्चरे १ का २२ वर्षीय मनोज राई र वडा ९ का २३ वर्षीय राजकुमार माझीलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान सुरु गरेको उनले बताए ।

प्रतिकृया दिनुहोस

काठमाडौंको बानेश्वमार आगलागी...

काठमाडौं । काठमाडौंको वानेश्वरमा आज विहान आगलागी भएको छ । आगलागी भएको जानकारी पाएलगत्तै काठमाडौं उपत्यकामा दमकल आगो निभाउन त्यसतर्फ गएका छन्

लोकतान्त्रिक प्यानल भन्छ : यसकारण हामीलाई मत

काठमाडौं, मंसिर । इन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एसोसिएशन (एनइए ) को निर्वाचन नजिकिँदै जाँदा लोकतान्त्रिक र प्रगतिशिल समुहले सक्रियता

'के फेरि सरकार निर्मलाका ‘फेक’ हत्यारा तयार पादै ?'

काठमाडौं, मंसिर। ललितपुरमा शनिबार आयोजित ७० औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा १० औं मानव अधिकार राष्ट्रिय महाभेलालाई सम्बोधन गर्दै निर्मला