• सोमबार ८-२४-२०७५/Monday 12-10-2018

विखण्डनकारी शक्तिविरुद्ध नेपाली सेना तम्तयारः प्रधानसेनापति 

काठमाडौं ।  प्रधानसेनापति पूर्णचन्द्र थापाले देशका विखण्डनकारी समूहको गतिविधि नेपाली सेनाले सुक्ष्म रुपमा अध्ययन गरिरहेको बताएका छन् । जंगी अड्डामा आयोजित ‘प्रधानसेनापति–पत्रकार अन्तरक्रिया कार्यक्रम’मा बोल्दै थापाले विखण्डनवादीको गतिविधिबाट हुनसक्ने खतरा र भोलिको परिस्थितिप्रति नेपाली सेना सचेत भएको र सम्भावित सुरक्षा चुनौति सामना गर्न पनि तयार रहेको बताए ।
सेनाले संविधानद्वारा निर्देशित दायित्व मात्रै निर्वाह गर्ने उल्लेख गर्दै थापाले त्यही अनुसार सेनालाई उभ्याउने बताए । नेपाली सेना पनि भ्रष्टाचारको चंगुलबाट अछुतो नहुने गरेको भन्दै पत्रकारले राखेको जिज्ञासामा प्रधानसेनापति थापाले नेपाली सेनाभित्र भ्रष्टाचार नियन्त्रणको लागि संयन्त्र भएको बताए ।
उनले भने, ‘नेपाली सेनाको एकल प्रयासले भ्रष्टाचार नियन्त्रण सम्भव छैन । भर्ना, छनोट र मिसनमा भएको भनिएको अनियमितताबारे छानबिन भइरहेको छ । यो एकैदिनमा हट्ने कुरा पनि होइन । जरादेखि नै उपचार गर्नुपर्छ ।’ विकास निर्माण नेपाली सेनालाई सरकारले दिएको जिम्मेवारी भएपनि त्यस्तो जिम्मेवारी बहन गर्दैगर्दा सेनाको व्यवसायिकतासँग जोडेर विवादमा तान्ने गरिएकोमा प्रधानसेनापति थापाले असन्तुष्टि समेत व्यक्त गरे ।
यस्तै, काठमाडौं–तराई–मधेश द्रूतमार्ग समयमै निर्माण गर्ने चुनौती नेपाली सेनाको सामुन्ने रहेको भन्दै थापाले द्रूतमार्ग निर्माणको क्रममा सांस्कृतिक सम्पदा नष्ट नगरिने बताए ।

प्रतिकृया दिनुहोस

देउवा इतर नेताहरुको ग्राण्ड मिटिङ : आगामी रणनीतिबारे छलफल

काठमाडौं, मंसिर  । "नेपाली कांग्रेसमा कुनै समय देउवाका लागि  समर्थन जुटाउन जमघट गर्ने गरिएको चाक्सीबारी अहिले  देउवा इतरका नेताहरुको भेला

"केहीले विरोध गरेका छन्, त्यसलाई कामबाट जवाफ दिन्छौं"

काठमाडौं, मंसिर । सरकारको विरोध गर्नेलाई काम गरेर जवाफ दिने प्रधानमन्त्री केपी शर्मा ओलीले  बताएका छन्।प्रधानमन्त्रीलाई भेट्न  शनिबार

चार शीर्ष नेताले गरे सचिवालय बैठक बहिष्कार

  काठमाडौं, मंसिर ।  शनिबार दिउँसो ३ बजेका लागि बोलाइएको  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चार शीर्ष नेताले सचिवालय बैठक बहिष्कार गरेका छन्।