• शनिबार ११-४-२०७५/Saturday 02-16-2019

‘छक्का पञ्जा ३’:  दुई दिनमा २ करोड बढी कलेक्सन 

ठमाडौं । गएको बुधबारबाट प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा ३’ ले वर्षकै बम्पर ‘ओपनिङ’ गरेको छ । प्रदर्शनको पहिलो दिन १ करोड २० लाख कलेक्सन गरेको चलचित्रले विहीबार पनि करोड बढीको कलेक्सन गरेको छ । काठमाडौं वितरक उज्वल पौडेलको भनाइलाई आधार मान्ने हो भने दुई दिनमा चलचित्रले दुई करोड बढीको कलेक्सन गरेको हो । 

प्रदर्शनमा आएको पहिलो दिन नै देश भरिका सिंगल र मल्टिप्लेक्समा चलचित्रले दर्शकको राम्रो साथ पायो । लामो समयपछि नेपाली फिल्म हेर्ने दर्शकको भीड देखिएको छ । नेपाली फिल्मको व्यापारमा खडेरी लागिरहेको अवस्थामा ‘छक्का पञ्जा ३’ दर्शकलाई हलसम्म तान्न सफल देखिएको छ । प्रदर्शनको पहिलो दिन सिंगल र मल्टिप्लेक्स स्कृनमा फिल्म हेर्ने दर्शक अत्याधिक देखिएका थिए भने यो भीड दोस्रो दिन विहीबार पनि उस्तै देखियो ।  

राजधानीभित्र देशकै सबैभन्दा ठूलो मल्टिप्लेक्स क्यूएफएक्सले ३० सोज उपलब्ध गराएको थियो । जसमध्ये अधिकांश सोज बिहानैदेखि हाउसफुल रहे । वितरक पौडेलका अनुसार बिहानदेखि साँझसम्म उपत्यकामा फिल्मको अकुपेन्सी रेट लगभग शतप्रतिशत रहेको छ । ‘यस अघिका दुई सिरिजभन्दा ‘छक्का पञ्जा ३’ ले राम्रो कलेक्सन गरेको छ’ वितरक पौडेलले भने, ‘पहिलो दिन ३० लाखसम्म शेयर निर्माताको हातमा पर्न सक्छ ।’ फिल्मको ओपनिङलाई कमेडी जनरा, टिम र हिट फिल्मको सिक्वेलले भरपुर साथ दिएको छ । 

राजधानीको क्युएफएक्ससँगै क्यूज, विएसआर, एफक्यू, विग मुभिज सबैतिर दर्शकको भीड बढ्दो छ । चलचित्रले राजधानीभित्र झैँ बाहिरका मेजर स्टेशन नारायणगढ, पोखरा, चितवन हेटौँडा, बुटवल, बिर्तामोड सबैतिर उत्तिकै मात्रामा दर्शकको साथ पाएको छ ।  ‘छक्का पञ्जा ३’ हेरेर निस्किएका दर्शक यस पाली साच्चिकै यस अघिका चलचित्र भन्दा राम्रो चलचित्र बनेको भन्दै चलचित्रको खुलेरै तारिफ गरेका छन् ।

बुधबार र विहीबारको दर्शकको भीड देख्दा शनिबार झन अत्याधिक चाप बढ्ने अपेक्षा गरिएको छ । किनकी बुधबार र विहीबार सार्वजनिक विदा नहुँदा त हाउसफूल व्यापार गरेको चलचित्रले शनिबार सार्वजनिक विदाका दिन स्वतः हाउसफूल व्यापार गर्ने निश्चित भएको छ । दर्शकको चाप देखेर निर्माण पक्ष पनि यतिबेला निकै सन्तुष्ट देखिएको छ । कलाकारहरु विभिन्न हलहरुमा पुगेर दर्शकको साथ बटुलिरहेका छन् । 

चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन भने कथा दीपकराज गिरीको हो । ‘छक्का पञ्जा ३’मा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धि तमाङ, दीपिका प्रसाईं, नीर शाह, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, अनुरागमान सिंह कुँवर, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, वसन्त भट्ट, संजोग कोइरालालगायतको अभिनय रहेको छ । चलचित्रमा नायिका प्रियंका कार्की विशेष अतिथिको भूमिकामा देखिएकी छिन् । 
 

प्रतिकृया दिनुहोस

पशुपति शर्माको गीत : रास्ट्रपति लज्जास्पद

    काठमाडौं ।  नेपालको पछिल्लो राजनीतिक परिवेशलाई व्यंग्य गर्दै चर्चित लोकदोहोरी गायक पशुपति शमशेरले नयाँ सार्वजनिक गरेका छन्।‘लुट्न सके

‘क्याप्टेन’ गीतः निरुतामाथि भुवन र अनमोलको आँखा (भिडियो)

काठमाडौँ ।   एक मध्यमवर्गीय युवकले राष्ट्रिय टिमको फुटबल खेलाडी बन्न गरेको संघर्षको कथामा आधारित भएर निर्माण भएको फिल्म ‘क्याप्टेन’ को दोस्रो

सारेगमपामा आयुषले दिए दमदार प्रस्तुती, शीर्ष १५मा पर्न सफल

काठमाडौं । भारतको चर्चित टेलिभिजन शो सारेगमपा लिटिल च्याम्पमा नेपाली १२ बर्षका आयुष केसी शीर्ष १५मा पर्न सफल भएका छन् । सिन्धुपाल्चोक घर भई हाल