• आइतबार ७-४-२०७५/Sunday 10-21-2018

चितवनमा रमायो ‘द कार्टुन्ज क्रु’ टोली 

चितवन । नेपालको चर्चित डान्स ग्रुप ‘द कार्टुन्ज क्रु’ टोली यतिबेला चितवनका रमणीय स्थानमा एउटा गीतको छायांकन गरिरहेको छ । टोली चितवन पुगेसँगै यो टोलीका फ्यानहरुले उनीहरुलाई घेरेर सेल्फीमा रमाएका छन् भने फ्यानहरुको मायाले टोली पनि निकै खुशी देखिएको छ । 
गायक भेषराज गौतमको आवाजमा रहेको ‘मुसु मुसु’ बोलको गीत सुटिङको लागि टोली चितवन पुगेको हो । गीतमा राजेन्द्र बजगाईको शब्द संगीत रहेको छ । दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेका गौतम पहिलो पटक गायकको रुपमा दर्शक श्रोताहरु माझ आउन लागेका हुन् । गीत गाउने रहर पहिलेदेखि नै भए पनि विभिन्न करणले सम्भव नभएको गौतमले बताए । यो गीत सँगै अब बिस्तारै यसलाई पेशाको रुपमा अघी बढाउने आफ्नो लक्ष्य रहेको गौतमले बताए । डान्सिङ प्याटर्नमा रहेको गीतको केही भाग सौरहामा सुटिङ गरिएको छ भने क्लिपपहरु कसरामा समेत लिइएको छ । गीतको भिडियोको छायांकन ज्ञानेन्द्र शर्माले गरिरहेका छन् । 
गायक भेषराज गौतमको आवाज रहेको गीत आफूहरुलाई धेरै नै मन परेको र यसमा हामीले राम्रो गर्न सक्छौ भन्ने लागेर नै काम गरेको कार्टुन्ज क्रु टोलीको भनाइ छ । गीतको भिडियो ‘दी कार्टुन्ज क्रु’ ले अहिलेसम्म गरेको भन्दा धेरै फरक रहेको निर्माण पक्षले जानकारी दिएको छ । त्यसो त कार्टुन्ज क्रु टोली पहिलो पटक चितवन पुगेको भने होइन, यस अघि पनि चितवन आएको भएता पनि सुटिङकै लागि भने पहिलो पटक त्यहा पुगेको ‘दी कार्टुन्ज क्रु’ का सरोज अधिकारी बताए । यस्तै क्रु कि सदस्य आश्मा विश्वकर्माले चितवनबासीको माया देखेर एकदमै खुशी लागेको बताइन् । ‘उहाँहरु हाम्रो सुटिङ स्थलमा आउनु हुन्छ, हामीलाई सुटको क्रममा केही आवश्यक प¥यो भने तुरुन्तै उपलब्ध गराइदिनु हुन्छ, यो देखेर एक दम खुशी लाग्यो,’ आश्माले भनिन् ।
 

प्रतिकृया दिनुहोस

मुम्बइका तीन खान : कमजोर देखिए शाहरुख, कारण यस्तो

  मुम्बइ, कात्तिक  । बलिउड,  तीन खानको रजगज  । उनीहरुको फिल्म जस्तो सुकै नराम्रो भएपनि सयकरोड क्लवमा अड्छन् । तर तीन खानमा सबैभन्दा कमजोर शाहरुख

१२ वर्षपछि ‘जय भोले’ लिएर आए अशोक

काठमाडौं । पुराना स्टार कलाकारको पुनरागमनले सफलता पाइरहेका बेला पुराना सफल निर्देशक अशोक शर्मा पनि झण्डै १२ वर्ष पनि नयाँ चलचित्र निर्देशनमार्फत

‘क्याप्टेन’सँग ‘जात्रै जात्रा’को भिडन्त पक्का 

काठमाडौं । प्रदिप भट्टराई निर्देशित चलचित्र ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ निर्माण घोषणा गरिएको हो । चलचित्र निर्माणको घोषणा भन्दा पनि