• आइतबार ७-४-२०७५/Sunday 10-21-2018

ए डिभिजन लिगः आज चार टोली मैदानमा उत्रिंदै

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार भएका दुई वटा खेलमा विभागीय टोली नेपाल प्रहरी र थ्रीस्टार क्लब विजयी भएका छन् । पुलिसले जावलाखेल युवा क्लबलाई १–० ले पराजित गर्दा थ्रीस्टारले फ्रेण्ड्सविरुद्ध २–१को जित दर्ता गरेको हो । 
थ्री स्टारको जितमा रन्जन विष्ट र बुद्ध चेम्जोङले गोल गरे । पहिलो हाफको सुरुवाती समयदेखि फ्रेण्डस् दवावमा परेको थियो । खेलको चौथो मिनेटमा थ्री स्टारका पिटर सेगुनले गोल गर्ने अवसर गुमाएका थिए । लगत्तै पाँचौ मिनेटमा सुनील बलको फ्रिकिकमा रञ्जित धिमालको प्रहारले पोस्टको दिशा लिन सकेन । तर १७ औं मिनेटमा रन्जनले उत्कृष्ट गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाए । रन्जनले फ्रेन्ड्सको हाफको मध्येभागबाट डिफेन्सलाई बिट गर्दै लागेको बल पेनाल्टी क्षेत्रभित्रबाट गोल गरेका थिए । 
त्यसको आठ मिनेटपछि फ्रेन्ड्सका कप्तान धिरज श्रेष्ठले पाएको अवसर गोलमा परिणत गर्न सकेनन् । ३७ औं मिनेटमा अजायी मार्टिन्सले पनि टाइट एंगलमा पाएको अवसर गोलको दिशामा पठाउन सकेनन् । ४२ औं मिनेटमा रन्जन विष्टलाई पेनाल्टी क्षेत्रबाहिर लडाएपछि पाएको फ्रिकिकमा रञ्जितको प्रहार बाहिरियो । पहिलो हाफमा थ्री स्टार १–० ले अगाडि रह्यो । दोस्रो हाफमा पनि थ्री स्टारले आक्रमक रणनीतिलाई निरन्तरता दियो । बुद्ध चेम्जोङले ५७ औं मिनेटमा निराजन खड्काको पासमा गोल गर्न सकेनन् । निराजनले मिडफिल्डबाट दिएको लब पासमा गोलरक्षक पनि अगाडी बढ्दा बुद्धको एक्रोब्याटिक प्रहार बाहिरिएको थियो । त्यसको तीन मिनेटमा अजायी मार्टिन्सले पनि गोल गर्ने अवसर खेर फाले । लगत्तै सरोज योन्जन लामाको फ्रिकिकमा गोलरक्षक एलन न्यौपानेले बल फुस्काएपछि गोललाइनमा विष्णु सुनारले क्लियर गरे । ६९ औं मिनेटमा बुद्ध फेरि गोल गर्नबाट चुके । पेनाल्टी क्षेत्रभित्रबाट सुनील बलको क्रसमा बुद्धको लो हेडर पोस्टभन्दा थोरै बाहिरियो । बुद्धले ८३ औं मिनेटमा अन्ततः गोल गरे । फ्रेण्डस्को मिसपासलाई कन्ट्रोल गर्दै पेनाल्टी क्षेत्र बाहिरबाट गरेको उनको प्रहार डिफेन्डरलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । इन्ज्युरी समयको पहिलो मिनेटमा फ्रेण्डस्का वैकल्पिक खेलाडी विकास लामाले गोल फर्काए । मैदान छिरेको ७ मिनेटमै उनले ६ यार्डमा बक्सभित्र अनमार्क रहेको अवस्थामा रिबाउन्ड बललाई पोस्टको दिशा दिएका थिए ।
यस्तै विहीबार नै भएको अर्को खेलमा विभागीय टोली पुलिस क्लबले जावलाखेल युवा क्लबविरुद्ध जित दर्ता गर्दै अंक तालिकामा महत्वपूर्ण ३ अंक जोड्न सफल भएको छ । पुलिसका लागि पहिलो हाफको ३२ औं मिनेटमा अजित भण्डारीले गोल गरेका थिए । पुलिसले पेनाल्टी क्षेत्रबाहिर पाएको फ्रिकिकमा उत्कृष्ट टिमवर्कको नमुना प्रस्तुत गर्दै गोल गरेको हो । सुमन लामाले छोटो फ्रिकिक लिँदै तेज तामाङलाई पेनाल्टी क्षेत्रको दायाँतर्फ पास दिए । तेजले सोहि पासलाई फार पोस्टमा क्रस गरे जहाँ अजितले सहजै गोल गरेका थिए । त्यसअघि जावलाखेलका गोलरक्षक टिकेन्द्र थापाले पुलिसको दुई सुन्दर प्रयासलाई विफल बनाएका थिए । सुमन लामाले ६ यार्ड भित्रबाट गरेको प्रहार उनले रोकेका थिए । त्यसअघि हेम तामाङको लामो दुरीको प्रहार पनि उनले उत्कृष्ट डाइभ दिँदै रोके । जावलाखेल काउन्टर अट्याकमा गरेको आक्रमणमा भर पर्दा पुलिसले बल पोसेसन राखेर लगातार दवाव सिर्जना गरेको थियो ।
दोस्रो हाफमा जावलाखेलले केहि सुधारिएको प्रदर्शन ग¥यो । त्यस क्रममा जावलाखेलले बराबरी गर्ने मौकाको सदुपयोग गर्न सकेन । खेल एक घण्टा समयमा चलिरहँदा राकेश हमालले कर्नरमा प्राप्त हेडर पोस्टको दिशा दिन सकेनन् । ७५ औं मिनेटमा पुलिसका अजितबाट वैकल्पिक खेलाडी सुमन डंगोलले बल खोसेपछि प्रज्वल थापामगरले पेनाल्टी क्षेत्रभित्र वन भर्सेस वनमा गोल गर्न सकेनन् । त्यसअघि पुलिसले पनि अग्रता बढाउने मौका गुमाएको थियो । प्रतियोगिता अन्तर्गत शुक्रबार पनि चार टोली मैदानमा उत्रिंदैछन् । शुक्रबार हुने खेलमा हिमालयन शेर्पा क्लब र एपीएफ क्लब तथा ब्रिगेड ब्वाइज क्लब र मनाङ–मस्र्याङ्दी क्लब आमने–सामने हुनेछन् ।
 

प्रतिकृया दिनुहोस

युरोपका उत्कृष्ट लिग फुटबल : ४०० गोल गरी पहिलो  बने रोनाल्डो 

काठमाडौं, कात्तिक  । चर्चित स्ट्राइकर क्रिष्टियानो रोनाल्डो युरोपका उत्कृष्ट पाँच लिग फुटबलमा ४०० गोल गर्ने पहिलो खेलाडी बनेका छन् । अहिलेसम्म यो

एसिया छनोटको तयारीमा जुट्छौंः कप्तान खड्का

काठमाडौं । आईसीसी टी–२० विश्वकप एशिया उपक्षेत्रीय छनोटको उपाधि जितेर नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार स्वदेश फर्किएको छ । शनिबा त्रिभुवन

महिला भलिबलको उपाधि एपीएफलाई

बाग्लुङ । २२ औं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) ले जितेको छ । बागलुङ जिल्लाको पश्चिम गलकोटमा सम्पन्न