• आइतबार ७-४-२०७५/Sunday 10-21-2018

महिला भलिबल: सेमिफाइनल समिकरण पूरा 

बागलुङ । २२ औं संस्करणको राष्ट्रि महिला भलिबल प्रतियोगितामा तीन विभागीय टिमसहित प्रदेश नम्बर ५ सेमिफाइनलमा प्रवेश गरेको छ । बागलुङ जिल्लाको गल्कोट नगरपालिकामा बिहीबार भएका समुह चरणका अन्तिम खेलमा विभागीय टिम एपीएफले समुह ‘ए’बाट र नेपाल पुलिसले समुह ‘वि’बाट सतप्रतिशत जित निकाल्दै समुह विजेता बन्दै सेमिफाईनल प्रवेश गरेभने त्रिभुवन आर्मी समुह ‘ए’को उपविजेता र प्रदेश नम्बर ५ समुह ‘वि’को उपविजेता भन्दै सेमिफाईनलमा प्रवेश गरेका हुन् । 
शुक्रबार फाइनल प्रवेशको लागि समुह एको विजेता एपीएफले समुह विको उपविजेता प्रदेश नम्बर ५ को सामना गर्नेछ भने समुह विको विजेता नेपाल पुलिसले समुह एको उपविजेता आर्मीको सामना गर्ने छ । बिहीबार समुह चरणका ६ खेल सम्पन्न भएका थिए । बुधबारको पहिलो खेलमा त्रिभुवन आर्मीले प्रदेश नम्बर ७ लाई ३–० को सोझो सेटमा जित निकाल्यो । आर्मीले प्रदेश ७ लाई २५–६, २५–११ र २५–८ को सेटमा पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा प्रदेश नम्बर ३ लाई नेपाल प्रहरीले ३–० कै सोझो सेटमा पराजित गरेको थियो । प्रहरीले प्रदेश ३ लाई २५–११, २५–७ र २५–१३ को सेटमा पराजित गरेको थियो ।  तेस्रो खेलमा आर्मीले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्यो । आर्मीले २५–६, २५–२ र २५–८ ले कर्णाली प्रदेशलाई हराएको थियो ।
गण्डकी प्रदेशले प्रदेश नम्बर ७ लाई २५–१६, २५–१५ र २५–१६ ले ३–० को सोझो सेटमा पराजित गर्यो । यस्तै नेपाल प्रहरीले प्रदेश नम्बर २ लाई ३–० को सोझो सेटमा पराजित गर्दै समुह चरणमा शतप्रतिशत नतिजा निकालेको थियो प्रहरीले प्रदेश २ लाई २५–९, २५–७ र २५–१० ले पराजित गरेको थियो । यस्तै समुह चरणको अन्तिम खेलमा विभागीय टिम एपीएफले समुह विजेता बन्ने क्रममा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । महिला भलिबलमा देशकै नम्बर १ टिमको रुपमा दहरिएको एपीएफले गण्डकी प्रदेशलाई २५–२०, २५–१३ र २५–१६ ले पराजित गरेको थियो । नेपाल भलिबल संघको आयोजना, जिल्ला भलिबल संघ बागलुङको व्यवस्थापन र गल्कोट नगरपालिकाको सहयोगमा संचालन भईरहेको प्रतियोगिताबाट राष्ट्रिय टोलीका १८ खेलाडी र ६ बैकल्पिक लागि २४ खेलाडीको छनोट गरिने नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष याम गुरुङले जानकारी दिए ।
प्रतियोगिताको विजेताले ५०, दोस्रोले ३० र तेस्रोले २० हजार पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पाउनेछन् । त्यस्तै उत्कृष्ट स्पाइकर, सर्भर, लिबेरो, सेटर र ब्लकरलाई समान ५ हजार रुपैयाँ पाउनेछन् ।
 

प्रतिकृया दिनुहोस

युरोपका उत्कृष्ट लिग फुटबल : ४०० गोल गरी पहिलो  बने रोनाल्डो 

काठमाडौं, कात्तिक  । चर्चित स्ट्राइकर क्रिष्टियानो रोनाल्डो युरोपका उत्कृष्ट पाँच लिग फुटबलमा ४०० गोल गर्ने पहिलो खेलाडी बनेका छन् । अहिलेसम्म यो

एसिया छनोटको तयारीमा जुट्छौंः कप्तान खड्का

काठमाडौं । आईसीसी टी–२० विश्वकप एशिया उपक्षेत्रीय छनोटको उपाधि जितेर नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार स्वदेश फर्किएको छ । शनिबा त्रिभुवन

महिला भलिबलको उपाधि एपीएफलाई

बाग्लुङ । २२ औं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) ले जितेको छ । बागलुङ जिल्लाको पश्चिम गलकोटमा सम्पन्न