• सोमबार ८-२४-२०७५/Monday 12-10-2018

रुस - भारत मिसाइल सम्झौता

ट्रम्पले भने : "भारतले छिटै थाहा पाउनेछ"



काठमाडौं, असोज । रुससँगको मिसाइल सम्झौता गरेसँगै भारतमाथि अमेरिकी प्रतिबन्धको खतरा मडारिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथिको प्रतिबन्धको आशंकाको विषयमा बोल्दै भारतले अब छिटै नै यसको परिणाम देख्ने चेतावनी दिएका छन् । 
गतसाता भारतले रुससँग ५ अर्ब डलरबराबरको एस–४०० मिसायल खरिदको लागि सम्झौता गरेको थियो । भारतमाथि प्रतिबन्ध लगाउने वा नलगाउने भन्ने कुराको अन्तिम अधिकार ट्रम्पमा रहेको समाचार आइरहेको अवस्थामा उनले भारतलाई यस्तो चेतावनी दिएका छन् । 
ट्रम्पले इरानबाट तेल खरिद गर्ने मुलुकहरुको विषयमा पनि सोचिरहेको बताए । चीन र  भारतले इरानबाट तेल आयात जारी राख्ने बताएको बारे गरिएको एक प्रश्नमा उनले त्यसको विषयमा पनि सोचिरहेको जानकारी दिए । 
विश्लेषकहरुका अनुसार भारतले रुससँग गरेको मिसाइल सम्झौता अमेरिकी नजरमा ठूलो सम्झौता रहेकोले भारतमाथि प्रतिबन्ध लाग्नसक्ने सम्भावना बलियो रहेको बताएका छन् । 
अमेरिकाले रुससँग मिसाइल खरिद गरेको भन्दै चिनियाँ सेनालाई पनि केही समयअघि प्रतिबन्ध लगाइसकेको छ । यस्तोमा भारतले प्रतिबन्धबाट बच्नका लागि धेरै प्रयास गरिरहेको छ । यसअघि भारतले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको भारत भ्रमणमा पनि यो विषय उठाएको थियो । 
स्रोत ः एजेन्सी

प्रतिकृया दिनुहोस

भारतद्वारा अहिलेसम्मकै बढी वजनदार स्याटेलाइट प्रक्षेपण

बीबीसी । भारतको सबैभन्दा बढी वजनदार स्याटेलाइट जीसेट–११ लाई युरोपेली स्पेस एजेन्सीको प्रक्षेपण केन्द्र फ्रेन्च गयानाबाट बुधवार बिहान अन्तरिक्ष

पाकिस्तानको निम्तो फेरि भारतद्धारा अस्वीकार

काठमाडौं, मंसिर ।  दक्षिण एसियाली सहयोग संगठन (सार्क) को भारत पूर्णरुपमा बहिस्कार गर्ने दिशामा अग्रसर देखिएको छ । प्रत्येक २ वर्षमा हुनुपर्ने सार्क

अफगानिस्तानमा तालिवानकाे आक्रमणमा १० को मृत्यु

एजेन्सी । अफगानस्तानको काबुलस्थित बेलायतको एक निजी सुरक्षा संस्थाको परिसरमा तालिवानले गरेको आक्रमणम १० जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् ।