• शनिबार ११-४-२०७५/Saturday 02-16-2019

पपुवा न्युगिनीमा गयो ७.१ म्याग्नीच्युडको भूकम्प


सिड्नी, असोज ।  पपुवा न्यु गिनीमा बिहीबार बिहान सबेरै ७.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ ।  सो भूकम्पपछि बिहीबार बिहान ९ बजे ६.२ म्याग्नीच्युडको अर्को शक्तिशाली परकम्प पनि गएको बताइएको छ । 
पहिलो शक्तिशाली भूकम्प र पछिल्लो परकम्पपछि उद्धार कार्य थालिएको समाचारमा उल्लेख गरिएको छ । तर मानवीय क्षतिको बारेमा भने कुनै समाचार प्राप्त भएको छैन । 
यस भूकम्पको जानकारी चिनियाँ भूकम्प केन्द्रले दिएको छ ।  पपुवा न्यु गिनीको पूर्वतर्फ रहको न्यु ब्रिटेन द्वीपनजिकै ८० किलोमिटर गहिराइमा सो भूकम्पको केन्द्रबिन्दु रहेको जनाइएको छ ।
प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले सुनामीको चेतावनी दिएको भएपनि केही समयपछि सुनामीको खतरा नरहेको बताइएको छ । 
स्रोत ः सिन्ह्वा

प्रतिकृया दिनुहोस

 ४० भारतीय सुरक्षाकर्मीको मृत्यु,  मोदीले भने : " जवानको शहादत ब्यर्थ जाँदैन"

  काठमाडौं, माघ ।   जम्मू–कश्मिरमा सरकारी सुरक्षा फौजलाई लक्षित गरी बिहीबार गरिएको आक्रमणमा परी ४० जना भारतीय सुरक्षाकर्मीको मृत्युभएको छ

आत्मघाती बम हमला : २७ जनाको गयो ज्यान

काठमाडौं । ईरानको दक्षिण–पूर्वी भागमा भएको आत्मघाती बम हमलामा कम्तिमा २७ जना रिभोलुस्नरी गार्डको ज्यान गएको छ ।  बीबीसीले आक्रमणकारीले

रिभोलुसनरी गार्डमाथि आत्मघाती आक्रमण, २७ जनाको मृत्यु

  काठमाडौं । इरानको दक्षिण पूर्वी क्षेत्रमा आत्मघाती बम आक्रमण हुँदा कम्तिमा २७ जनाको ज्यान गएको छ । आत्मघाती बम आक्रमणमा मृत्यु हुनेहरु