• आइतबार ७-४-२०७५/Sunday 10-21-2018

वाल स्ट्रिटमा मन्दी : एसियाली शेयर बजारमा भारी गिरावट

चीनको शेयर बजार चार वर्षयताकै सबैभन्दा न्यून


सिंगापुर, असोज । अमेरिकी शेयर बजार वाल स्ट्रिटमा बुधबार आएको मन्दीसँगै त्यसको असर एसियाली शेयर बजारमा बिहीबार देखिएको छ । 
चीनको शेयर बजार चार वर्षयताकै सबैभन्दा न्यून बिन्दुमा पुगेको छ भने जापान, कोरिया र अस्ट्रेलियाको शेयर बजारमा पनि कमी आएको छ ।
चीनको शाङ्घाई परिसूचक ५.२ प्रतिशत विन्दुले घटेको छ र यो नोभेम्बर २०१४ यताकै सबैभन्दा न्यून विन्दुमा पुगेको छ । जापानको निक्की २२५ अङ्कले घटेको छ । 
दक्षिण पूर्वी एसियाका अरु बजारमा पनि यस्तै असर देखिएको छ ।
लगानीकर्ताहरु अमेरिकी ब्याजदरमा अरु वृद्धि हुने चिन्तामा डुबेका छन् । यसले कर्पोरेट ऋणको माग बढ्ने तथा आर्थिक वृद्धिमा प्रभाव ल्याउने विश्लेषकहरुको भनाइ छ ।
बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंकले ब्याजदर बढाएर गल्ती गरिरहेको आरोप लगाएका थिए  ।
जेपी मोर्गनमा कार्यरत विश्व बजार रणनीतिकार मार्सेला चाउले नियमित ब्याजदर वृद्धिले लगानीकर्तालाई आश्चर्यचकित बनाइरहेको बताए ।
अमेरिकी–चिनीया करवृद्धिको लडाइँले पनि विश्व व्यापार प्रणालीमा असर पारेको छ ।

टोकियोको निक्की बिहीबार ३.९ प्रतिशतले घट्दै २२,५९०.८६ पुगेको छ भने शाङ्घाई इन्डेक्स २,५८३ मा बन्द भएको छ । हङकङको हाङसेङ २५,२२०.६७, दक्षिण कोरियाको कोस्पी २,१२९.६७ तथा अस्ट्रेलियाको एसएन्डपी ५,८८३.८० मा बन्द भएको छ । ताइवानसमेतका अन्य मुलुकको शेयर बजारमा पनि मन्दी आएको छ । 
स्रोत : एपी

प्रतिकृया दिनुहोस

एनआईसी एशिया बैंक : अब अनलाईनबाटै खाता खोल्नसकिने सुबिधा

काठमाडौ,कात्तिक । “सोच बदलौं, एन आई सी एशिया बैंक नै रोजौँ” को नारा लिएर एन आई सी एशिया बैंकले आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखी अनलाईनबाटै

महँगियो च्याङ्ग्राको मूल्य : तिब्बतबाट कम आयात

बागलुङ, असोज । यस बर्षको दशैँमा च्याङ्ग्राको भाउ महँगिएको छ । गत वर्षको तुलनामा रु चारहजार बढीमा च्याङ्ग्रा खरीद गरेको यहाँका व्यवसायीले बताएका छन्

ठूला उद्योगी व्यवसायीले नै कर तिरेनन्

विराटनगर । मोरङका ठूला उद्योगी व्यवसायीले ५२ करोड १२ लाख रुपैयाँ कर तिर्न अटेर गर्दै आएको समाचार आजको कान्तिपुरमा छापिएको छ । विराटनगरस्थित आन्तरिक