• शनिबार ११-४-२०७५/Saturday 02-16-2019

माछापुच्छ्रे बैंक : थप ४ शाखारहित बैकिङ्ग सेवा सञ्चालनमा

काठमाडौं, असोज  ।  माछापुच्छ्रे बैंक लिमिटेडले तनहुँ र खोटाङ्गमा ४ शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।  बैंकले तनहुँको बन्दिपुर गाँउपालिका, खोटाङ्गको रुपाकोट मझुवागढि नगरपालिका, खोटाङ्गको हलेसी तुबचुङ्ग नगरपालिका (च्यास्मीटार),  खोटाङ्गकै हलेसी तुबचुङ्ग नगरपालिका (धितुङ्ग) मा थप ४ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
यो सहित माछापुच्छ्रे बैंकको हालसम्म ३३ शाखारहित बैकिङ्ग सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।
बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरुलगायत ३३ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १२१ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । 
साथै, बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

प्रतिकृया दिनुहोस

जनताको लगानीमा १९ आयोजना : नागरिकबाट एक खर्ब उठाइने

  काठमाडौँ । सरकारले विभिन्न १९ वटा आयोजनामा लगानी गर्न नेपाली नागरिकलाई आह्वान गरेको छ । कूल रु सात खर्ब लागतको ती परियोजनामा नागरिकबाट रु एक खर्ब

सरकारको एक वर्ष : "आर्थिक समृद्धिको आधार तयार"

  काठमाडौँ । सरकार आफ्नो लक्ष्यमा सफल भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । आफ्नो नेतृत्वको सरकार गठन भएको एक वर्ष पूरा भएका अवसरमा आज

‘सेयर हालेपछि प्रत्येक वर्ष बैंकको सरह ब्याज’

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन जनताको जलविद्युतअन्तर्गत अघि बढाउन लागेका आयोजनामा सेयर हालेपछि प्रत्येक वर्ष बैंककै सरज