• आइतबार ७-४-२०७५/Sunday 10-21-2018

"पार्टीलाई एक नम्बरको बनाउन जे गर्न पनि तयार छु"

'केपी सरकार इतिहासकै भ्रष्ट'


चितवन, असोज । पार्टीलाई शसक्त र एकढिक्का बनाउन आफू जे पनि गर्न तयार भएको नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले  बताएका छन् । 
नेपाली कांग्रेस चितवन क्षेत्र नम्वर १ मा भएको कार्यक्रममा महामन्त्री कोइरालाले देशभर जहाँ जाँदा पनि कांग्रेसका नेता कार्यकर्ताले अव पार्टीलाई वीपी पुत्रले हाँकोस भन्ने सदिच्छाप्रति आभार व्यक्त गर्दै भने तपाइहरूको साथमाा पार्टीलाई अब्बल बनाउन मेहेनत गर्छु ।
पार्टी कार्यकर्ताहरूसँग दशैं तिहारको शुभकामना आदानप्रदानका लागि आयोजित कार्यक्रममा कोइरालाले नेताहरूले गर्दिन्छन भनेर मुख ताकेर नबस्न कार्यकर्ताहरुसँग आग्रह गरे । उनले प्रत्येक तह र तप्काका नेता कार्यकर्ताहरूलाई सक्रियता देखाउन अपिल गरे ।
वीपी पुत्र भएको आधारमा आफूप्रति देखाइएको विश्वास र भरोसाप्रति कृतज्ञता व्यक्त गर्दै कोइरालाले तर वीपी पुत्रले गरिहाल्छ भनेर कार्यकर्ता साथीहरू निष्क्रिय भए पार्टी बलियो हुन नसक्ने बताए ।
महाधिवेशन अघि पार्टीलाई एक बनाउने र आगामी चुनावमा कांग्रेसलाई एक नम्बरको बनाउने जिम्मेवारी सबैको सामुहिक पहलमा पूरा हुने महामन्त्री कोइरालाले बताए ।

केपी ओली नेतृत्वको सरकारको बारेमा टिप्पणी गर्दै  महामन्त्री कोइरालाले यो इतिहासकै भ्रष्ट सरकार भएको बताए। भ्रष्टाचार संस्थागत ढंगले भएको, कर बढाएर जनतालाई दुरव दिइएको, महंगी रोक्न नसकेको, हत्या र बलात्कारका दोषीलाई कार्वाही गर्न नसकेको ओली सरकारले जनताको पक्षमा काम गर्न नसक्ने कोइरालाले  बताए ।
वाइड वडी विमान खरीद लगायत सरकारका निर्णयमा व्यापक भ्रष्टाचार भएको जनस्तरसम्म व्यापक चर्चा हुँदा पनि मिडियाले खासै नउठाएकोमा गुनासो गरे ।  पहिला के के काण्ड भनेर लेख्ने मिडियालाई ओली सरकारको पालामा भएको भ्रष्टाचारको बिषयमा कलम चलाउन उनले सुझाव दिए ।

प्रतिकृया दिनुहोस

‘संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता’

  काठमाडौं, कात्तिक  ।  छठसम्म पनि संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे पार्टीले निर्णय गर्ने राष्ट्रिय जनता पार्टी नेपालकी

"सरकारले दुई तिहाईको दम्भ देखाएको छैन"

काठमाडौं, कात्तिक । सरकारलाई खबरदारी गर्ने प्रतिपक्षी दलको धर्म भएकोले राष्ट्रिय विकास निर्माणको काममा सँगसँगै मिलेर अघि बढ्नुपर्ने सत्तारुढ दल

"बिरालोले पाठो सार्नु र नेकपाले भाका सार्नु एकै "

काठमाडौँ,  कात्तिक । लामो समयदेखि पार्टी एकताको गृहकार्यमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रियाभन्दा आन्तरिक विवाद चाहि चरम