• शनिबार ११-४-२०७५/Saturday 02-16-2019

वामदेवलाई संसदमा ल्याउने बिषय : पार्टीका नियमित कार्यसूची प्रभावित

गौतमलाई उपनिर्वाचनबाट प्रतिनिधिसभामा ल्याउन पहल


काठमाडौँ, असोज । अहिले  नेपाल कम्युनिष्ट पार्टीभित्र नेता वामदेव गौतमलाई उपनिर्वाचनबाट प्रतिनिधिसभामा ल्याउने पहलसँगै पार्टीका नियमित कार्यसूची प्रभावित भएको छ । उपनिर्वाचनमा गौतमलाई अघि सार्ने तयारीपछि पार्टीभित्र र बाहिरबाट व्यापक टीका टिप्पणी  भएपछि सो विषयमा नेकपाको सचिवालय अनिर्णित भएको छ । 
शीर्ष नेताबीच आपसी आशङ्कासमेत पैदा भएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर  ७ का नेकपाका सांसद रामवीर मानन्धरले नेता गौतमका लागि ठाउँ खाली गर्न आफूले राजीनामा दिन तयार रहेकाले स्वीकृतिका लागि नेतृत्वलाई दिएको पत्र पार्टीको यही असोज २२ गतेको सचिवालय बैठकमा एकाएक प्रस्तुत भएपछि अन्य नियमित कार्यसूची प्रभावित भएको थियो । 
पार्टी एकतालाई तल्लो कमिटीसम्म विस्तार गर्नुपर्ने र सरकार सञ्चालन तथा समन्वयलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल केन्द्रित भएका बेला उपनिर्वाचनको सन्दर्भले विषयान्तर गरेको देखिन्छ । 
पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानन्धरको पत्र सचिवालय बैठकमा प्रस्तुत गरेपछि मात्र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सो विषयमा जानकार भए । त्यो दिन अन्य कार्यसूचीमा कुनै निर्णय हुनसकेन । सो दिन अर्को बैठकको कार्यसूची र स्थायी कमिटी बैठकको मिति तय गर्ने विषयमा छलफल भई यही असोज २४ गतेका लागि तोकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको थियो । 
प्रवक्ता श्रेष्ठले पत्रकारलाई दिएको जानकारीमा मानन्धरको पत्रबारे उल्लेख थिएन । सचिवालयको बैठक पुनः यही असोज २७ गतेका लागि सरेको छ ।  उपनिर्वाचनका विषयमा अध्यक्ष ओली र दाहालबीच बुधबार भएको भेटवार्तामा समीक्षा भएको थियो । 
सो दिन अपराह्न पाथीभारा सद्भावनादूत परिचयपत्र वितरण कार्यक्रममा अध्यक्ष दाहालले पार्टीले हार्र्ने गरी उपनिर्वाचन नगर्ने स्पष्ट पार्नुभएको थियो । 
यही असोज ५ गतेको सचिवालय बैठकले पार्टीका प्रदेश कमिटीका इञ्चार्ज, सह इञ्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी तोकेकामा वरिष्ठ नेता माधवकुमार नेपालले प्रस्तुत गरेको असन्तुष्टिका विषयमा पनि सचिवालयको बैठकमा छलफल हुन बाँकी छ । 

प्रतिकृया दिनुहोस

आईतबारदेखि राजीनामा या सेवा बहिष्कार दुईमा एक हुन्छ : सरकारी चिकित्सक

काठमाडौँ ।  कर्मचारी समायोजन अध्यादेश चिकित्सक अनुकूल नभएको भन्दै पटक—पटक शान्तिपूर्ण आन्दोलन गर्दा सरकारले बेवास्ता गरेको भन्दै आईतबारदेखि

सांसदले थाहा नपाइकनै कर्मचारी समायोजन विधेयक समितिबाट पास

काठमाडौँ ।  राज्‍य व्‍यवस्था समितिको बैठकबाट सांसदलाई जानकारी नदिइकनै कर्मचारी समायोजन विधेयक पास भएको छ। शुक्रबार राज्‍य व्‍यवस्था समिति

प्रधानसेनापतिद्वारा जङ्गी अड्डालाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा

  काठमाडौँ । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले नेपाली सेनाको मुख्यालय जङ्गी अड्डालाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरेका छन् । जङ्गी अड्डा