• शनिबार ११-४-२०७५/Saturday 02-16-2019

बंगलादेशमा १९ जनालाई मृत्युदण्ड

बंगलादेश ।  बंगलादेशको एक अदालतले सन् २००४ मा वर्तमान प्रधानमन्त्री शेख हसिनामाथि लक्षित एक आक्रमणका दोषी ठहरिएका १९ जनामाथि मृत्युदण्ड दिनेगरी फैसला गरेको छ ।

तत्कालीन विपक्षी दलकी नेतृ शेख हसिनाको ढाकामा आयोजित र्यालीमा ग्रिनेड आक्रमण गरिएको थियो । आक्रमणबाट शेख हसिना घाइते हुनुका साथै २० जना मारिएका थिए ।

तत्कालीन प्रधानमन्त्री खालेदा जियाका छोरा तारिक रहमान समेतका ४९ जना विरुद्ध उक्त आक्रमणको आरोप लागेको थियो ।

रहमानमाथि आक्रमणको योजना बनाएको आरोपमा मुद्दा चलेको छ ।

५० वर्षीय रहमान भने सन् २००८ मा देश छाडेर बेलायतको लन्डनमा निर्वासित जीवन व्यतित गरिरहेका छन् ।

भ्रष्टाचारको आरोपमा गत फेब्रुअरीमा पाँच वर्षका लागि खालेदा जिया जेलमा थुनिएपछि निर्वासनबाटै रहमानले प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी बीएनपीको नेतृत्व गरिरहेका छन् ।

हामी फैसलाका लागि भगवानलाई धन्यवाद दिन्छौँ, कडा सुरक्षाबीच सरकारी वकील मोसाराफ होस्सैनले बताए । हाम्रो आशा छ तारिक रहमानले पनि मृत्युदण्ड पाउने छन् ।,

प्रतिकृया दिनुहोस

 ४० भारतीय सुरक्षाकर्मीको मृत्यु,  मोदीले भने : " जवानको शहादत ब्यर्थ जाँदैन"

  काठमाडौं, माघ ।   जम्मू–कश्मिरमा सरकारी सुरक्षा फौजलाई लक्षित गरी बिहीबार गरिएको आक्रमणमा परी ४० जना भारतीय सुरक्षाकर्मीको मृत्युभएको छ

आत्मघाती बम हमला : २७ जनाको गयो ज्यान

काठमाडौं । ईरानको दक्षिण–पूर्वी भागमा भएको आत्मघाती बम हमलामा कम्तिमा २७ जना रिभोलुस्नरी गार्डको ज्यान गएको छ ।  बीबीसीले आक्रमणकारीले

रिभोलुसनरी गार्डमाथि आत्मघाती आक्रमण, २७ जनाको मृत्यु

  काठमाडौं । इरानको दक्षिण पूर्वी क्षेत्रमा आत्मघाती बम आक्रमण हुँदा कम्तिमा २७ जनाको ज्यान गएको छ । आत्मघाती बम आक्रमणमा मृत्यु हुनेहरु