• आइतबार ७-४-२०७५/Sunday 10-21-2018

वामदेवका विषयमा प्रचण्डले पोल खोले 

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा नेता वामदेव गौतमलाई उम्मेदवार बनाउने निर्णय नभएको बताएका छन् ।

उनले नेता गौतमलाई उपनिर्वाचनमार्फत संसद्मा ल्याउने सन्दर्भमा काठमाडौं निर्वाचन क्षेत्र नं. ७ का सांसद रामवीर मानन्धर ले राजीनामा दिने चर्चाबारे पार्टीमा कुनै निर्णय नभएको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले सिट गुमाउने गरी निर्वाचनमा नजाने बताउँदै उनले जित्ने गरी मात्र उम्मेदवार बनाउने बताए ।

बर्तमान सरकार ५ बर्षसम्म चल्न कुनै व्यवधान नरहेको बताउँदै उनले विकास, सुशासन र स्थिरताका लागि अझ प्रभावकारीरुपमा काम गर्न सकिने विश्वास व्यक्त गरे ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ 

प्रतिकृया दिनुहोस

‘संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता’

  काठमाडौं, कात्तिक  ।  छठसम्म पनि संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे पार्टीले निर्णय गर्ने राष्ट्रिय जनता पार्टी नेपालकी

"सरकारले दुई तिहाईको दम्भ देखाएको छैन"

काठमाडौं, कात्तिक । सरकारलाई खबरदारी गर्ने प्रतिपक्षी दलको धर्म भएकोले राष्ट्रिय विकास निर्माणको काममा सँगसँगै मिलेर अघि बढ्नुपर्ने सत्तारुढ दल

"बिरालोले पाठो सार्नु र नेकपाले भाका सार्नु एकै "

काठमाडौँ,  कात्तिक । लामो समयदेखि पार्टी एकताको गृहकार्यमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रियाभन्दा आन्तरिक विवाद चाहि चरम