• शनिबार ११-४-२०७५/Saturday 02-16-2019

ए डिभिजन लिगः अाज चार टाेलीकाे भिडन्त

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज चार टोली मैदानमा उत्रिदैछन् । आज हुने खेलमा फ्रेन्डस् क्लब र थ्री स्टार तथा जावलाखेल र नेपाल पुलिस क्लब आमने–सामने हुँदैछन् ।

यसअघि हिजो भएको खेलमा च्यासल युवा क्लब र मछिन्द्र फुटबल क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । स्थगितपछि बुधबारबाट शुरु भएको पहिलो खेलमा दुबै टोलीले बराबरी खेल्दै अंक तालिकामा समान १–१ अंक बनाउन सफल भएका हुन् ।

निकै प्रतिस्पर्धात्मक पहिलो हाफमा च्यासल सातौं मिनेटमा अभागी बनेको थियो । विश्व अधिकारीले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार डिफेन्डरलाई लाग्दै क्रसबारमा ठोक्किएको थियो । लगत्तै सन्तबहादुर गुरुङले वन भर्सेस वनको स्थितिमा गोल गर्न सकेनन् । अमिर श्रेष्ठ र विमलकै वरपर रहेको च्यासलको आक्रमणले गोल निकाल्न सकेन । दोस्रो हाफमा पनि च्यासलले सुरुवातदेखि दबाब कायम ग¥यो ।

५३ औं मिनेटमा विमलले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट हानेको फ्रिकिक पोस्टको भित्री भागमा लागेर फर्किएको थियो । ६५ औं मिनेटमा सजिन थापामगरले पेनाल्टी क्षेत्रभित्र पाएको खुला प्रहारलाई पोस्टको दिशा दिन सकेनन् । च्यासलले ७६ औं मिनेटमा अग्रता लिने सुवर्ण अवसर गुमायो । हेमन्त थापामगरको पेनाल्टी प्रहार गोलरक्षक दीप कार्कीले बचाए । विमललाई अन्जन देवकोटाले पेनाल्टी क्षेत्रभित्र लडाएपछि च्यासलले पेनाल्टी पाएको थियो । च्यासलले लगातार दबाब कायम गरेपनि गोल गर्न भने सकेन ।

प्रशिक्षकका प्रतिक्रिया

यसैबीच, च्यासल प्रशिक्षक राजुकाजी शाक्यले लिगको पहिलो खेल सोचेजस्तो नभएको प्रतिक्रिया दिए । ‘हामी निश्चित जितका लागि आएका थियौ । तर, पहिलो म्याच सोचेजस्तो भएन । मिडफिल्डमा समस्या हुँदा र अपेक्षा गरिएको खेलाडीबाट सोचे अनुरुपको प्रदर्शन गर्न सकेनन् ।’ दशैंपछि विदेशी खेलाडी थपेर टोलीलाई अझ मजबुत बनाउनेबारे क्लबसँग छलफल भइरहेको उनले बताए ।

त्यस्तै, ‘ए’ डिभिजन लिगमा डेब्यू गरेका मच्छिन्द्रका प्रशिक्षक धनेश्वर प्रजापतिले च्यासलविरुद्ध आफ्नो रणनीति सफल भएको बताए । ‘हाम्रो अपेक्षा नै अंक लिनु थियो, मच्छिन्द्रका प्रजापतिले भने, ‘हाम्रो बलियो पक्ष नै रक्षापंक्ति हो । पहिलो हाफमा हामीले एकरुपको प्रदर्शन ग¥यौं । दोस्रो हाफमा च्यासलले रणनीति परिवर्तन गरे । जसका कारण हाम्रो खेल केही विग्रिएको जस्तो भयो तर उनीहरुको लामो पासलाई रोक्न सफल भयौं ।’

च्यासलले खेल आफ्नो पक्षमा राखे पनि मच्छिन्द्रले काउन्टर अट्याकमा गोलका केही राम्रो अवसर बनाएको थियो । तर त्यसलाई सदुपयोग गर्न सकेन । उनले भने–‘हामी धैर्यका साथ रक्षात्मक खेल्यौं । हाम्रो योजना नै रक्षात्मक खेलेर काउन्टर अट्याकमा जाने थियो । दुई—तीन राम्रा मुुभ पनि भए तर सफल हुुन सकेन ।’ प्रजापतिले ‘ए’ डिभिजन लिगको क्लब सम्हालेको यो पहिलो हो । यसअघि उनी एन्फाको भक्तपुुर जिल्ला प्रशिक्षक थिए ।

प्रतियोगिता अन्तर्गत भोलि हिमालयन शेर्पा क्लब र एपीएफ क्लब तथा ब्रिगेड ब्वाइज क्लब र मनाङ–मस्र्याङ्दी क्लबबीच खेल हुनेछ । उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबलाई एनआरटीले २–२ गोलको बराबरीमा रोकेको थियो । त्यस्तै दोस्रो खेलमा संकटाले सरस्वती युथ क्लबलाई १–० ले पराजित गर्दै ३ अंक बुटुल्न सफल भएको थियो ।

प्रतिकृया दिनुहोस

ओलम्पिक छनोट : नेपालले भारत र म्यानमार फेरि खेल्ने

काठमाडौं । सन् २०२० मा जापानमा हुने ओलम्पिक खेलकुदअन्तर्गत महिला फुटबलको छनोटको दोस्रो चरणमा नेपालले पुरानै प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्ने

इरानलाई हराउँदै नेपाल फाइनल नजिक

काठमाडौं । भारतमा जारी हिरो महिला गोल्डकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा इरानलाई हराउँदै नेपाल फाइनल नजिक पुगेको छ। नेपालले बुधबार भारतको

आफ्नै मैदानमा स्तब्ध म्यानचेस्टर युनाइटेड, नेइमार र काभानी बिनै पिएसजीको शानदार जित

 काठमाडौँ । दुई स्टार खेलाडी बिहीन पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले पछिल्लो समय उत्कृष्ट लयमा रहेको र स्टार खेलाडीले युक्त म्यानचेस्टर