• सोमबार ८-२४-२०७५/Monday 12-10-2018

राष्ट्रिय महिला भलिबलमा प्रदेश ५ को दोहोरो जित

बागलुङ । २२ औं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको दोस्रो दिन ६ खेल सम्पन्न भएका छन् । दोस्रो दिनको खेलमा प्रदेश नम्बर ५ ले दोहोरो जित दर्ता गर्दा विभागीय टिम एपीएफ र गण्डकी र सुदुरपश्चिम प्रदेशले पनि जित हात पारेका छन् ।
गन्डकी प्रदेशको बाग्लुङस्थित गल्कोट नगरपालिकामा बुधबार भएको समूह चरणको खेलमा समुह ‘ए’ तर्फ गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई २५–३, २५–१२ र २५–७ ले पराजित गरेको छ । यस्तै सुदूरपश्चिम प्रदेशले पनि कर्णाली प्रदेशलाई ३–० कै सोझो सेटमा पराजित गरेको छ । सुदूरपश्चिमले कर्णाली विरुद्ध २५–१२, २५–२१ र २५–१० ले लगातार तीन आफ्नो पक्षमा पार्दै जित हात पारेको हो । समूह ‘ए’ तर्फ नै विभागीय टिम एपीएफले आर्मीमाथि ३–२ को संघर्षपूर्ण जित निकालेको छ । बलियो एपीएफले आर्मीविरुद्धको पहिलो सेट १८–२५ ले गुमाएको थियो । त्यसपछिको दुवै सेट सहजै २५–१८ र २५–१९ ले आफ्नो पक्षमा पारेको एपीएफले रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको चौथो सेट २४–२६ ले गुमाएपछि खेल पाँचौ सेटमा लम्विएको थियो । तर, निर्णायक सेटमा एपीएफ चुकेन । उसले पाँचौ सेट १५–१२ ले आफ्नो पक्षमा पार्दै ३–२ को संघर्षपूर्ण जित निकाल्न सफल भयो ।
यस्तै बुधबार नै भएको समुह ‘वि’ तर्फको समुह चरणको खेलमा प्रदेश नम्बर ५ ले दोहोरो जित दर्ता गर्दा ३ नम्बर प्रदेशले पनि एक जित हात पारेको छ । ३ नम्बर प्रदेशले २ नम्बर प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै समुह चरणमा खाता खोलेको छ । ३ नम्बरले २ नम्बरलाई २५–६, २५–१३ र २५–१२ को सोझो सेटमा पराजित गरेको थियो । यस्तै ३ र २ नम्बर प्रदेशलाई पराजित गर्दै ५ नम्बर प्रदेशले दोहोरो जित हात पारेको छ । प्रदेश नम्बर ५ ले प्रदेश नम्बर २ लाई २५–११, २५–३ र २५–६ को सोझो सेटमा पराजित गरेको थियो भने प्रदेश नम्बर ३ लाई २५–१६, २५–१६ र २५–१६ ले नै पराजित गरेको थियो ।
३ विभागीय टिम र ६ ओटा प्रदेशले सहभागिता जनाएको उक्त प्रतियोगितामा बिहीबार समुह ‘ए’ तर्फ सुदुरपश्चिम प्रदेश विरुद्ध त्रिभुवन आर्मी क्लब, एपीएफ विरुद्ध गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश विरुद्ध गण्डकी प्रदेश र कर्णाली प्रदेश विरुद्ध त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् भने समुह ‘वि’ तर्फ प्रदेश नम्बर ३ विरुद्ध नेपाल पुलिस क्लब र प्रदेश नम्बर २ विरुद्ध नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने जिल्ला भलिबल संघ बागलुङका सचिव सन्दिप पन्तले जानकारी दिए । नेपालभलिबल संघको आयोजना, जिल्ला भलिबल संघ बागलुङको व्यवस्थापन र गल्कोट नगरपालिकाको सहयोगमा संचालन भईरहेको यो प्रतियोगिताबाट राष्ट्रिय टोलीका १८ खेलाडी र ६ बैकल्पिक लागि २४ खेलाडीको छनोट गरिने बताइएको छ । प्रतियोगिताको विजेताले ५०, दोस्रोले ३० र तेस्रोले २० हजार पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पाउनेछन् । त्यस्तै उत्कृष्ट स्पाइकर, सर्भर, लिबेरो, सेटर र ब्लकरलाई समान ५ हजार रुपैयाँ पाउनेछन् ।
 

प्रतिकृया दिनुहोस

ईपीएल ट्रर्फी अनावरण, उद्घाटन खेल भोलिबाट

काठमाडौं– शनिबारबाट सुरु हुने एभेरेष्ट प्रिमियर लिगको उपाधि विजेता टिमले पाउने ट्रफि सार्वजनिक भएको छ । काठमाडौंको द्वारीका होटलमा आयोजना गरिएको

छैटौं चरणका खेल समाप्त, सातौं चरणका खेल भोलिबाट

काठमाडौं । काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत विहीबार भएको खेलमा उपाधिको दाबेदार मानिएको विभागीय टोली आर्मीले बराबरी खेल्दै लिगको

ईपीएलमा यसरी माहोल तताउने छन् इंग्ल्याण्डका यी ६ सुन्दरीले 

काठमाडौं । आउँदो शनिबारबाट काठमाडौंमा शुरु हुने एभेष्ट प्रिमियर लिगको तयारी अन्तिम चरणमा पुगेको छ । खेलको संघारमा खेललाई अझ स्तरीय र रोमान्चक बनाउन