• सोमबार ८-२४-२०७५/Monday 12-10-2018

टिचर्स कप फुटबलको उपाधि भीमेश्वरलाई 

काठमाडौं । भीमेश्वरले प्रथम एन प्याब्सन टिचर्स फाइभ ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । काँडाघारीस्थित अर्किड स्कूलमा भएको फाइनलमा भीमेश्वरले पिस प्वाइन्टलाई ५–० गोलले पराजित ग¥यो । भीमेश्वरका लागि सपन बस्नेतले ह्याट्रिक गरे भने कृष्णगोपाल श्रेष्ठले २ गोल थपे ।
राष्ट्रिय निजी तथा आवसीय विद्यालय एसोसिएन नेपाल (एन प्याब्सन) कागेश्वरी मनोहरा नगर कमिटीद्वारा आयोजित प्रतियोगिताको विजेता भीमेश्वरले २० हजार र उपविजेता पिस प्वाइन्टले १० हजार नगद पुरस्कार हात पारे । त्यसअघि बुधबारै भएको सेमिफाइनलमा भीमेश्वरले पाणिनिलाई २–१ तथा पिस प्वाइन्टले एक्मीलाई ३–२ गोलले हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए । भीमेश्वर र पाणिनि दुवै पेनाल्टी सुटआउटमा विजयी भएका हुन् । विजेतालाई आयोजक कमिटीका अध्यक्ष अमृत खड्का, कोषाध्यक्ष प्रेमकुमार भुजेल, एन प्याब्सन प्रदेश नं. ३ का उपाध्यक्ष प्रकाश खड्का, अर्किडका प्रिन्सिपल चोलिन्द्रबहादुर कार्कीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । 
दुईदिने नकआउट प्रतियोगितामा १६ टिम सहभागी थिए । समापनका अवसरमा अध्यक्ष खड्काले विद्यालयका शिक्षकबीचको भाइचारा सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।
 

प्रतिकृया दिनुहोस

ईपीएल ट्रर्फी अनावरण, उद्घाटन खेल भोलिबाट

काठमाडौं– शनिबारबाट सुरु हुने एभेरेष्ट प्रिमियर लिगको उपाधि विजेता टिमले पाउने ट्रफि सार्वजनिक भएको छ । काठमाडौंको द्वारीका होटलमा आयोजना गरिएको

छैटौं चरणका खेल समाप्त, सातौं चरणका खेल भोलिबाट

काठमाडौं । काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत विहीबार भएको खेलमा उपाधिको दाबेदार मानिएको विभागीय टोली आर्मीले बराबरी खेल्दै लिगको

ईपीएलमा यसरी माहोल तताउने छन् इंग्ल्याण्डका यी ६ सुन्दरीले 

काठमाडौं । आउँदो शनिबारबाट काठमाडौंमा शुरु हुने एभेष्ट प्रिमियर लिगको तयारी अन्तिम चरणमा पुगेको छ । खेलको संघारमा खेललाई अझ स्तरीय र रोमान्चक बनाउन