• आइतबार ७-४-२०७५/Sunday 10-21-2018

नेपालले टि–२० विश्वकप खेल्न अझै दुई महत्वपूर्ण ढोका खोल्न बाँकी

पहिलो ढोका खुल्यो, दोस्रोे र अन्तिम थप चुनौती 

काठमाडौं– आईसीसी विश्वकप टि–२० एसिया क्षेत्र छनोटमा लगातार पाँच खेलमा जित हात पारेसँगै नेपाले एक खेल अगावै विश्वकप छनोटको पहिलो ढोका पार गरेको छ । अंक तालिकाको शीर्ष स्थानमा रहेको नेपालले शुक्रबार अन्तिम खेलमा सिंगापुरको सामना गर्दैछ । 

सिंगापुरविरुद्धको खेलमा अप्रत्यासित नतिजा आए पनि नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहँदै छ भने सिंगापुर शीर्षस्थानमा । तर, नेपाली टोली लयमा रहेका कारण नेपाल शीर्षस्थानमै रहँदै पहिलो चरण पार गर्ने छ । इसिया क्षेत्र छनोटमा तीन टोली छनोट हुने भएको हुँदा  यी दुई टोलीबीच जस्ले जित–हार जे व्यहोरे पनि यी दुवै टोलीले पहिलो चरण पार गरिसकेका छन् । मात्र विजेतोका को हुने भन्ने मात्र टुंगो लाग्नेछ ।

अब एउटा अर्को टोली कुन जाने भन्ने भने अझै टुंगो लागिसकेको छ । आफ्ना ६ खेल खेलिसकेको थाइल्याण्ड अहिले ७ अंकका साथ तेस्रो नम्बरमा छ भने ५ खेल खेलेको मलेसिया पाँचौ नम्बरमा छ । अब मलेसियाले आफ्नो अन्तिम खेलमा चीनलाई पराजित गरको खण्डमा थप दुई अंक जोड्दै ७ अंकका साथ तेस्रो नम्बर उक्लिेन छ र उसले पनि पहिलो चरण पार गर्ने सम्मभावना बलियो देखिएको छ । किनकी चीन यो समूको सर्वाधिक कमजोर टोलीका रुपमा रहेको छ । चीनले अहिलेसम्म १ खेलमा समेत जित हात पार्न सकेको छैन । यो समूहमा रहेका अन्य दुई टोली भुटान र म्यानमारको सम्भावना पनि सकिएको छ । 
अंक तालिका 


शीर्ष स्थानमा रहने लक्ष्यमा रहेको नेपालले पहिलो चरण पार गरिसकेको अवस्था छ । अब नेपालले एसियन सब रिजनल छनोटमा रहेका ए र बी गरी आउने ६ टिमहरु बिच एसियाली क्षेत्रीय छनोट खेल्नेछ । यसबाट २ टिम मात्र टि–२० बिश्वकप छनोटको ग्लोबल क्वालिफायरमा पुग्नेछन् । हाल एसियन सब रिजनल ‘ए’ बाट युएइ, कुवेत, कतार एशियाली क्षेत्रीय छनोटमा पुगिसकेका छन । अब नेपालले एशियन छनोटमा शीर्ष २ मा पर्नुपर्नेछ ।

त्यसपछि एसियाली छनोटबाट आएका २ टिमसहित अन्य क्षेत्रीय छनोटबाट आएका ६ टिम र यही बर्षको डिसेम्बरसम्मको आइसीसी बरियतामा ११ देखि १६ मा पर्ने टिम गरेर कुल १४ टिम विच ग्लोबल छनोट हुनेछ । जसबाट शिर्ष ६ टिमले विश्वकप स्थान बनाउनेछन् । नेपालले अन्तिम छनोटमा शीर्ष ६ मा पर्न सकेमा टी–२० विश्वकपमा स्थान बनाउने छ ।
 

प्रतिकृया दिनुहोस

युरोपका उत्कृष्ट लिग फुटबल : ४०० गोल गरी पहिलो  बने रोनाल्डो 

काठमाडौं, कात्तिक  । चर्चित स्ट्राइकर क्रिष्टियानो रोनाल्डो युरोपका उत्कृष्ट पाँच लिग फुटबलमा ४०० गोल गर्ने पहिलो खेलाडी बनेका छन् । अहिलेसम्म यो

एसिया छनोटको तयारीमा जुट्छौंः कप्तान खड्का

काठमाडौं । आईसीसी टी–२० विश्वकप एशिया उपक्षेत्रीय छनोटको उपाधि जितेर नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार स्वदेश फर्किएको छ । शनिबा त्रिभुवन

महिला भलिबलको उपाधि एपीएफलाई

बाग्लुङ । २२ औं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) ले जितेको छ । बागलुङ जिल्लाको पश्चिम गलकोटमा सम्पन्न