• आइतबार ७-४-२०७५/Sunday 10-21-2018

‘गुनगुन’ टोली जब थाइल्याण्डको फुटबल मैदानमा ओर्लियो 

काठमाडौं । बक्सअफिस इन्टरनेशनल ग्रुप तथा बक्स अफिस फिल्मी क्लब नेपालले हालै थाइल्याण्डमा आयोजना गरेको नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्डका क्रममा रमाइलो फुटबलको आयोजना भएको थियो ।

उक्त रमाइलो फुटबल कार्यक्रममा नेपाली राष्ट्रिय कलाकार टोलीका विरुद्ध आयोजक तथा त्यहाँका बुद्धिजिवीहरु मैदानमा उत्रिएका थिए । नेपाली राष्ट्रिय झण्डाका साथ मैदानमा उत्रिएका कलाकारहरुबीचको यो खेल उपाधि जित्नुभन्दा पनि मनोरञ्जन प्रदान गर्नुका साथै नेपाली कला संस्कृति र आफ्नो पहिचानलाई विदशी सामु देखाउनु थियो । जसका लागि कलाकारहरु राष्ट्रिय झण्डासहित मैदानमा रहमाइरेका थिए ।

थाइल्याण्डमा जुन काम कलाकारले गरे त्यो सह्रानीय रह्यो । त्यो भन्दा महत्वपूर्ण काम भने चलचित्र गुनगुन टोलीले आफ्नो प्रचार प्रसार विदेशी भूमिमा समेत गर्न भ्याएको देखियो । प्रदर्शनको पर्खाइमा रहेको चलचित्र गुनगुनका कलाकार चलचित्रको नाम अंकित टिसर्ट लगाएर मैदानमा उत्रिएका थिए । उनीहरुले आफ्नो चलचित्रको प्रचार स्वदेशी भूमिमा मात्र नभएर विदेशी भूमिमा समेत गर्न भ्याए । त्यसो त नेपाली चलचित्रको अहिले बजार विस्तार पनि भएको छ ।

नेपालमा प्रदर्शन पश्चात नेपाली चलचित्र विदेशी भूमिमा प्रदर्शन हुने गर्छन् । गुनगुन टोलीले पनि अवार्ड वितरणको मौका छोपेर आफ्नो चलचित्रको प्रचार गरेको हो । विदेशी भूमिमा नेपाली चलचित्रको बजार विस्तार हुनु नेपाली चलचित्र क्षेत्रकै लागि सुखद् पक्ष पनि हो ।

यसैबीच, कार्तिक ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘गुनगुन’को ट्रेलर रिलिज भएको छ । पारिवारिक प्रेम कथामा आधारित चलचित्र ‘गुनगुन’ को अफिसियल ट्रेलर हालै सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा पारिवारिक प्रेम कथालाई देखाइएको छ । यस्तै चलचित्रमा सामाजिक बिषय बस्तु पनि समेटिएको छ ।

एकराज उप्रेती र सहदेव पौडेल निर्मित चलचित्रलाई पुकार भट्टराईले निर्देशन गरेका हुन् । चलचित्रमा संचिता लुइँटेल, रविन्द्र प्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भिम मैनाली, बाल्दिप राई, विपिन प्रसाई आदिको मुख्य अभिनय रहेको छ ।

चलचित्रको सह–निर्मातामा मोहन प्रशाद भट्टराई र गणेश चापागाई रहेका छन् । हिमाल केसीको द्वन्द रहेको चलचित्रलाई सौरभ जिसीले खिचेका हुन् । चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । चलचित्रको गीतहरुमा मेलिना राई, दौलत राई र सुनिता कार्की आदिको आवाज रहेको छ भने कमल पौडेल र प्रदिप भट्टराईको शब्द रहेको छ ।

प्रतिकृया दिनुहोस

मुम्बइका तीन खान : कमजोर देखिए शाहरुख, कारण यस्तो

  मुम्बइ, कात्तिक  । बलिउड,  तीन खानको रजगज  । उनीहरुको फिल्म जस्तो सुकै नराम्रो भएपनि सयकरोड क्लवमा अड्छन् । तर तीन खानमा सबैभन्दा कमजोर शाहरुख

१२ वर्षपछि ‘जय भोले’ लिएर आए अशोक

काठमाडौं । पुराना स्टार कलाकारको पुनरागमनले सफलता पाइरहेका बेला पुराना सफल निर्देशक अशोक शर्मा पनि झण्डै १२ वर्ष पनि नयाँ चलचित्र निर्देशनमार्फत

‘क्याप्टेन’सँग ‘जात्रै जात्रा’को भिडन्त पक्का 

काठमाडौं । प्रदिप भट्टराई निर्देशित चलचित्र ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ निर्माण घोषणा गरिएको हो । चलचित्र निर्माणको घोषणा भन्दा पनि