• सोमबार ८-२४-२०७५/Monday 12-10-2018

दीपक र दीपालाई ‘छक्का पञ्जा’ नै बढी चुनौती 

काठमाडौं । वर्षको बहुप्रतिक्षीत फिल्म ‘छक्का पञ्जा ३’ले आक्रामक शुरुवात गरेको छ । दिपाश्री निरौला निर्देशित चलचित्र हेर्न देशभर दर्शकको घुइँचो लागेको छ । जातीय विभेद, विद्यालयमा हुने राजनीति, गरिबी, अशिक्षा र बेरोजगारी जस्तो संवेदनशील विषयमा बनेको चलचित्रले पहिलो दिन हाउसफूल व्यापार निर्माण पक्षले जानकारी दिएको छ । 
सोलो रिलिजको अवसर पाएको फिल्मले देशभरका अधिकांश सिंगल पर्दामा प्रदर्शनमा आएको हो भने मल्टिप्लेक्समा पनि सर्वाधिक शोज पाएको छ । प्रदर्शनको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति पाइएसँगै निर्माण पक्षलाई आफ्नै पुरानो चलचित्र छक्का पञ्चा नै चुनौतको रुपमा रहेको देखिएको छ । छक्कापञ्जाको दुई श्रृंखलाले बक्सअफिसमा सर्वाधिक कलेक्सनको रेकर्ड बनाएका थिए । पहिलो सिरिजले नेपाली फिल्म इतिहासमै सर्वाधिक कलेक्सन गर्दै १६ करोडको रेकर्ड बनाएको थियो भने दोस्रो सिरिजले प्रदर्शनको दश दिनमा १० करोडको कलेक्सन गरेको थियो । अब तेस्रोले कति गर्ने हो ? केही दिनको व्यापारिक रिपोर्टबाट थाहा हुनेछ । पछिल्लो समय नेपाली चलचित्रले व्यापारिक कारोबार राम्रो गर्न नसकिरहेका बेला अहिले चलचित्र निर्माण पक्षलाई दुई फिल्मको कलेक्सन रेकर्ड ब्रेक गर्नुपर्ने चुनौती छ । फिल्मको ओपनिङमा दर्शककले राम्रै साथ दिएका छन् । निर्माण पक्षले माउथ पब्लिसिटीका कारण अझै केही दिन दर्शकको उपस्थिति अझै बाक्लो हुने निर्माण पक्षले दाबी छ । उनीहरुको यो दाबीलाई आधार मान्ने हो भने सम्भवतः यो वर्ष कमजोर देखिएको फिल्मी बजारलाई ‘छक्का पञ्जा ३’ ले चलायमान बनाउने पक्का छ । तेस्रो पटक दीपाश्री निरौलाले फिल्म निर्देशन गरेकी हुन् । चलचित्रको कथा दीपकराजले लेखेका हुन् ।
फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, शिवहरि पौडेलको हास्यकलाकारको जम्बो टोलीसहित प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत लगायतको अभिनय रहेको छ । चलचित्रको ‘पहिलो नम्बरमा’ र ‘पछि उमेर ढल्किन्छ’ बोलको गीतले हाइप बढाइरहेको हुँदा पनि दर्शकको राम्रो साथ पाउने अपेक्षा गरिन्छ । त्यो भन्दा पनि चलचित्रमा  स्टारकास्टहरुको बेजोड अभिनयकै कारण पनि चलचित्र प्रतिक्षित बनेको हो । त्यस्तै चलचित्र छक्का पञ्जा आफैमा एउटा ब्राण्ड बनेका कारण पनि चलचित्र राम्रो बनेको हुनसक्ने आम दर्शकको अपेक्षा छ । जातीय विभेद, बेरोजगार, विद्यालयमा हुने राजनीतिको कथालाई चलचित्रमा प्रस्तुत गरिएको यस अघि सार्वजनिक भएको ट्रेलरबाट बुझिएको छ ।
 

प्रतिकृया दिनुहोस

मेक्सिकोकी सुन्दरीलार्इ मिस वर्ल्डको उपाधि

काठमाडौं, मंसिर । 'मिस वर्ल्ड २०१८' को ताज मेक्सिकोकी सुन्दरी भेनेसा पोन्स डी लिअनले पहिरेकी छन्। प्रतिस्पर्धी ११८ देशका सुन्दरीलाई पछि पार्दै २६

टप पाँचबाट बाहिरिइन शृङ्खला

  काठमाडौं, मंसिर । ‘मिस वर्ल्ड’ २०१८ को अन्तिम टप पाँचबाट शृङ्खला बाहिरिएकी छन ।  शृङ्खला टप १२ मा पुगेकी थिइन् । शनिबार साँझ भएको फाइनलको पहिलो

११ करोडको पोशाक : के के छन यसका बिशेषता ?

काठमाडौं,  । चर्चीत हलिउड मोडल एल्सा होस्कले हालै र्याप वर्कमा आफ्नो कामुक प्रदर्शन गरेकी छन् । केहि दिन पहिले हलिउडको   फेशन शो मा एल्सा होस्कले