• आइतबार ७-४-२०७५/Sunday 10-21-2018

शिव परियारको ‘सुनको माया’ उपहार

काठमाडौं । नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ दिपावलीको अवसरमा चर्चित गायक शिव परियारले आफ्न फ्यानहरुको लागि ‘सुनको माया’ बोलको गीत उपहार ल्याएर आएका छन् । लोक रक जनराको गीत बुधबार आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गर्दै उनले यो गीत सबै आफ्ना शुभचिन्तकहरुको लागि उपहार स्वरुप रिलिज गरिएको बताएका छन् ।
सार्वजनिक ‘सुनको माया’ बोलको गीत शिव परियारको अहिले सम्मको गीत भन्दा निकै फरक रहेको गायकले शिवले बताएका छन् । डान्सिङ फ्लेवरको यो गीतबाट दर्शक स्रोताहरुले फरक स्वाद प्राप्त गर्ने गायक शिवको भनाइ रहेको छ । सार्वजनिक गीतमा शिव परियारको स्वर र संगीत रहेको छ भने श्वेता मैनालीको शब्द रहेको छ । गीतमा मन्जिल बिक्रम केसीको संगीत संयोजन रहेको छ । गीतको म्युजिक भिडियोमा चर्चित मोडल तथा अभिनेत्री एलिसा राई र अनुराग ठकुरीको अभिनय रहेको छ । गीत जस्तै म्युजिक भिडियो पनि निकै रमाइलो बनेको छ । विकास सुबेदी निर्देशित भिडियोमा अनिल कुमार मानन्धरको सिनेमाटोग्राफी रहेको छ । गीतको भिडियोलाई सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् ।
 

प्रतिकृया दिनुहोस

मुम्बइका तीन खान : कमजोर देखिए शाहरुख, कारण यस्तो

  मुम्बइ, कात्तिक  । बलिउड,  तीन खानको रजगज  । उनीहरुको फिल्म जस्तो सुकै नराम्रो भएपनि सयकरोड क्लवमा अड्छन् । तर तीन खानमा सबैभन्दा कमजोर शाहरुख

१२ वर्षपछि ‘जय भोले’ लिएर आए अशोक

काठमाडौं । पुराना स्टार कलाकारको पुनरागमनले सफलता पाइरहेका बेला पुराना सफल निर्देशक अशोक शर्मा पनि झण्डै १२ वर्ष पनि नयाँ चलचित्र निर्देशनमार्फत

‘क्याप्टेन’सँग ‘जात्रै जात्रा’को भिडन्त पक्का 

काठमाडौं । प्रदिप भट्टराई निर्देशित चलचित्र ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ निर्माण घोषणा गरिएको हो । चलचित्र निर्माणको घोषणा भन्दा पनि